विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

Date:

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट ।
उपभोक्ताको अधिकार, कर्तव्य तथा बजारमा हुने ठगी र अनियमितताबारे विद्यार्थीलाई सचेत बनाउने उद्देश्यले उपभोक्ता हित संरक्षण मञ्च नेपाल बर्दघाट नगर समितिको आयोजना तथा बर्दघाट नगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको उपभोक्ता शिक्षा विद्यार्थी अभिमुखीकरण तथा परिचालन अभियान अन्तिम चरणमा पुगेको छ।

गत असोज ७ गतेदेखि बर्दघाट नगरपालिकाभित्र रहेका २६ वटा निजी तथा सामुदायिक माध्यमिक विद्यालयमा अभियानका रूपमा सञ्चालन हुँदै आएको कार्यक्रमअन्तर्गत मंगलबार बर्दघाट–४ स्थित एक्स आर्मी बोर्डिङ स्कुल र कुमुदिनी इङ्लिस बोर्डिङ स्कुल मा विद्यार्थी अभिमुखीकरण तथा बजार अनुगमनसम्बन्धी कार्यक्रम सम्पन्न गरिएको हो।
दुवै विद्यालयमा छुट्टाछुट्टै आयोजित कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपाल बर्दघाट नगर समितिकी अध्यक्ष धनमाया गिरीको अध्यक्षता रहेको थियो।

कार्यक्रममा कुमुदिनी इङ्लिस बोर्डिङ स्कुल व्यवस्थापन समितिकी अध्यक्ष कमला शर्मा, विद्यालयका प्रधानाध्यापक रेश्मिराज बस्याल, एक्स आर्मी बोर्डिङ स्कुलका प्रधानाध्यापक मिन केशर शर्मालगायतले उपभोक्ता अधिकार संरक्षणका लागि उपभोक्ता, व्यवसायी, विद्यार्थी, अभिभावक तथा सम्बन्धित निकाय सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।
उहाँहरूले उपभोक्ता शिक्षा केवल सैद्धान्तिक विषय नभई दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको व्यवहारिक शिक्षा भएकाले परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्ने बताउनुभयो। खाद्यवस्तु खरिद गर्दा उत्पादन मिति, म्याद समाप्त हुने मिति, मूल्य, गुणस्तर र लेबल हेर्ने तथा व्यवसायीले पनि उपभोक्ताको स्वास्थ्य र अधिकारलाई ध्यानमा राखेर मर्यादित रूपमा व्यवसाय सञ्चालन गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो।

कार्यक्रममा मञ्चकी नगर अध्यक्ष गिरीले विद्यालय तहदेखि नै उपभोक्ता शिक्षा प्रवर्द्धन गर्दा विद्यार्थीमार्फत परिवार हुँदै समुदायसम्म उपभोक्ता अधिकारसम्बन्धी चेतना विस्तार गर्न सकिने बताउनुभयो।

उहाँले बजारमा हुने ठगी, गुणस्तरहीन तथा म्याद गुज्रिएका वस्तुको बिक्री, मूल्यमा हुने अनियमितता, नापतौलमा हुने गडबडी लगायतका विषयमा विद्यार्थीलाई सचेत गराउने अभियानको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो। विद्यार्थीहरू आफैँ सचेत उपभोक्ता बन्न सके त्यसको सकारात्मक प्रभाव घरपरिवार र समुदायमा समेत पर्ने उहाँको भनाइ थियो।

कार्यक्रमको सहजीकरण गर्दै उपभोक्ता हित संरक्षण मञ्च नेपाल नवलपरासीका सदस्य कुश्माखर ढकाल (कृष्ण) र उपभोक्ता हित संरक्षण मञ्च नेपाल बर्दघाट नगर उपाध्यक्ष रामु भुसालले उपभोक्ता संरक्षणसम्बन्धी प्रचलित कानुनी व्यवस्था, उपभोक्ताका मौलिक अधिकार तथा गुणस्तरीय वस्तु तथा सेवा छनोट गर्ने तरिकाबारे जानकारी गराउनुभयो।

उहाँहरूले उपभोक्ताले सामान खरिद गर्दा उत्पादन तथा म्याद समाप्त हुने मिति, लेबल, मूल्यसूची र गुणस्तर जाँच गर्ने बानी बसाल्नुपर्नेमा जोड दिँदै सामान खरिद गर्दा अनिवार्य रूपमा बिल वा रसिद माग्ने संस्कार विकास गर्नुपर्ने बताउनुभयो।
त्यसैगरी, बजारमा देखिने विभिन्न प्रकारका उपभोक्ता ठगी, गुणस्तरहीन वस्तुको प्रयोगबाट स्वास्थ्यमा पर्न सक्ने असर, मूल्यसूची नराख्ने, बढी मूल्य लिने, नापतौलमा हुने अनियमितता तथा म्याद गुज्रिएका वस्तु बिक्री हुने अवस्थाबारे समेत विद्यार्थीलाई जानकारी गराइएको थियो।

कार्यक्रममा मञ्चका नगर सदस्य लक्ष्मी बर्तौला र चन्द्रकुमारी आलेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मञ्चका नगर सचिव डोरबहादुर खत्री (दिलीप) ले गर्नुभएको थियो।
# विद्यार्थी नै बने बजार अनुगमनकर्ता :
अभिमुखीकरण कार्यक्रमपछि विद्यालयमा गठन गरिएका उपभोक्ता सचेतना क्लबका विद्यार्थीहरूलाई बजार अनुगमनमा समेत परिचालन गरिएको थियो।

विद्यार्थीहरूलाई सम्बन्धित टोलीसँगै बजार क्षेत्रमा लगेर उपभोग्य वस्तुको शुद्धता तथा गुणस्तर, मूल्य, नापतौल, बिक्री अनुमति, व्यवसाय दर्ता तथा नवीकरण, मूल्यसूची लगायतका विषयमा स्थलगत जानकारी गराइएको थियो।

अनुगमनका क्रममा व्यवसायी तथा उपभोक्तासँग प्रत्यक्ष संवाद गर्दै आवश्यक जानकारी संकलन गरिएको थियो भने अनुगमनसम्बन्धी फारमसमेत संकलन गरिएको मञ्चले जनाएको छ।

विद्यालयबाटै विद्यार्थीलाई उपभोक्ता अधिकारबारे व्यवहारिक ज्ञान प्रदान गर्दै बजार अनुगमनमा समेत सहभागी गराउने अभ्यासले उनीहरूमा सचेत, जिम्मेवार र अधिकारबारे जानकार उपभोक्ता बन्ने आधार तयार गर्ने विश्वास आयोजकको छ।

मञ्चले बर्दघाट नगरपालिकाभित्रका २६ वटा विद्यालयमा सञ्चालन गरेको अभियानमार्फत विद्यार्थीलाई उपभोक्ता अधिकारसँगै आफ्नो कर्तव्यबारे समेत जानकारी गराउँदै घरपरिवार र समुदायमा उपभोक्ता सचेतनाको सन्देश पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...