वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

Date:

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज ।
बडादशैँ २०८३ को पूर्वसन्ध्यामा वीरगञ्ज कपडा बैंकले शुक्रबार वीरगञ्जको घण्टाघरस्थित स्वर्गीय रामजनम तिवारी बाबाको सालिक परिसरमा करिब ७ सय थान नयाँ तथा पुराना कपडा निःशुल्क वितरण गरेको छ।

´कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूल मन्त्रका साथ विगत सात वर्षदेखि सामाजिक सेवामा सक्रिय बैंकले चाडपर्वको अवसरमा विपन्न, असहाय तथा आर्थिक अभावमा रहेका व्यक्तिहरूलाई लक्षित गरी कपडा वितरण गरेको बैंकका कोषाध्यक्ष मनोज मिश्राले जानकारी दिए।

बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बैंकका संरक्षक एवं वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी, विशिष्ट अतिथि नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष तथा बैंकका सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता, सल्लाहकार अधिवक्ता प्रकाशकुमार उपाध्यायलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुर्मीले बैंकले दैनिक रूपमा आफ्नो कार्यालयबाट तथा विभिन्न विपद्का बेला पीडितको घरआँगनमै पुगेर लत्ताकपडासहित आवश्यक सहयोग गर्दै आएको बताए। बडादशैँ, दीपावली र छठजस्ता चाडपर्वमा नयाँ लुगा लगाउन नसक्ने व्यक्ति तथा परिवारलाई नयाँ र नयाँजस्तै कपडा वितरण गरेर खुसी बाँड्ने प्रयास गरिएको उनले उल्लेख गरे। साथै, दानवीर तथा सहयोगीहरूलाई बैंकसँग हातेमालो गर्दै मानव सेवामा जुट्न आग्रह गरे।

त्यसैगरी, बैंकका संस्थापक सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ताले चाडपर्वका बेला विपन्न तथा असहाय व्यक्तिहरूको अनुहारमा खुसी ल्याउन सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्नेमा जोड दिए। बैंकका सल्लाहकार अधिवक्ता प्रकाश कुमार उपाध्यायले समाजका पछाडि परेका वर्गको सेवाका लागि सबैको सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा वीरगञ्ज–३ मालपोत टोल निवासी तथा हाल बेलायतमा बस्दै आएका युवा विद्यार्थी श्रेयान अर्यालले बाढीपछि समाजसेवाका लागि नेपाल आएको र वीरगञ्ज कपडा बैंकको सेवाबारे एक वर्षअघिदेखि नै बुवामार्फत जानकारी पाएको बताए। प्रत्यक्ष रूपमा सेवा गर्ने अवसर पाउँदा आफूलाई खुसी र गर्व लागेको उल्लेख गर्दै उनले बैंकको सामाजिक कार्यको प्रशंसा गरे।

कपडा वितरणकै क्रममा लियो क्लब अफ काठमाडौंका अध्यक्ष सुसान्त सिंह ठकुरीले दुई बोरा तथा वीरगञ्ज–३ आदर्शनगरस्थित साईबाबा मन्दिर निवासी प्रमिला रौनियारले दुई झोला कपडा सहयोग गरेका थिए।

कार्यक्रममा पर्सा बारका सदस्य अधिवक्ता आशुतोष तिवारी, नेपाल प्रौढ संघ पर्साका अध्यक्ष नन्दलाल अहिर, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, युवा अभियन्ता सन्दीप अर्याल, बैंकका सदस्य नवराज भट्टराई, शिव श्रेष्ठ, सुरज श्रीवास्तव, सन्जु साह, कर्मचारी मिथलेश श्रीवास्तवलगायत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

अध्यक्ष सिंहले चाडपर्वका बेला आर्थिक अभावमा रहेका व्यक्तिहरूको पीडा अझ बढ्ने भएकाले बैंकले आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको बताए। उनले कार्यक्रममा सहयोग गर्ने दाता, सल्लाहकार, शुभेच्छुक, पदाधिकारी, सदस्य तथा सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गर्दै मानवता बलियो बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

वीरगञ्ज–८ मा रहेको कार्यालयमार्फत बैंकले आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि साँझ ५ः३० बजेसम्म र शनिबार दिउँसो १ बजेसम्म विपन्न तथा असहाय व्यक्तिहरूलाई निःशुल्क कपडा उपलब्ध गराउँदै आएको छ। साथै, आगलागी, बाढीलगायत विपद्का बेला प्रभावित परिवारलाई समेत आवश्यक सहयोग गर्दै आएको बैंकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...