हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

Date:

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज ।
नेपालमा प्रतिबन्धित जुंगे (मागुर) माछाको अवैध उत्पादन, पालन तथा बिक्री–वितरण भइरहेको तथ्य हेटौँडामा फेला परेको छ। हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुर र क्याम्पाडाँडाको कुनाटोलस्थित पोखरीमा प्रतिबन्धित जुंगे (मागुर) माछा भेटिएपछि सम्बन्धित निकायले ठूलो परिमाणमा माछा बरामद गरी नष्ट गरेको हो।

अनुगमनका क्रममा हेटौँडा माछा बजारबाट समेत करिब ३ सय किलो प्रतिबन्धित जुंगे (मागुर) माछा बरामद गरिएको जनाइएको छ। बरामद गरिएको माछालाई सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थितिमा खाल्डोमा पुरेर नष्ट गरिएको बताइएको छ।

प्रतिबन्धित माछाको कारोबारमा संलग्न दुई जनालाई कुल ५ लाख रुपैयाँ जरिवाना गरिएको जनाइएको छ। प्रारम्भिक जानकारीअनुसार बरामद भएको माछा पर्सा जिल्लाको मिलनचोक क्षेत्र आसपासका पोखरीमा उत्पादन तथा पालन गरी हेटौँडासम्म पुर्‍याइएको कारोबारमा संलग्न व्यक्तिहरूले बताएका छन्।

# पर्साबाट अन्य जिल्लामा पठाइने गरेको दाबी :
हेटौँडामा बरामद भएको माछा पर्साका विभिन्न क्षेत्रमा रहेका पोखरीबाट उत्पादन गरी ल्याइएको भनिएपछि पर्सामा समेत प्रतिबन्धित जुंगे माछाको अवैध पालन र कारोबारबारे प्रश्न उठेको छ।

विशेषगरी मिलनचोक आसपासका क्षेत्रमा यस्ता माछा पालन गरिएका पोखरी हुनसक्ने तथा उत्पादन भएको माछा अन्य जिल्लामा बिक्रीका लागि पठाउने गरिएको हुनसक्ने स्थानीयको आशंका छ। यद्यपि, पर्सामा कुन–कुन स्थानमा कति परिमाणमा यस्तो माछा उत्पादन तथा कारोबार भइरहेको छ भन्ने विषयमा सम्बन्धित निकायबाट विस्तृत अनुगमन तथा पुष्टि हुन बाँकी छ।

# स्थानीयमा बढ्यो चिन्ता :
नेपालमा प्रतिबन्धित माछाको अवैध उत्पादन, पालन, बिक्री–वितरण तथा ओसारपसारको गतिविधि बाहिरिएपछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। प्रतिबन्धित प्रजातिको माछा अनियन्त्रित रूपमा उत्पादन तथा बिक्री हुँदा यसको प्रभाव जलचर जैविक विविधता, स्थानीय माछाका प्रजाति तथा वातावरणीय सन्तुलनमा पर्न सक्ने भन्दै स्थानीयले तत्काल अनुगमन र नियन्त्रणको माग गरेका छन्।

स्थानीयका अनुसार प्रतिबन्धित माछाको कारोबार केवल एउटा जिल्लामा सीमित नभई उत्पादन क्षेत्रबाट विभिन्न जिल्लाका बजारसम्म पुग्ने गरेको हुनसक्ने भएकाले उत्पादनस्थलदेखि बजारसम्मको आपूर्ति शृंखलामाथि नै निगरानी आवश्यक छ।

# पर्सामा पनि तत्काल अनुगमनको माग :
हेटौँडामा बरामद भएको प्रतिबन्धित जुंगे माछा पर्साबाट ल्याइएको भनिएपछि पर्साका स्थानीयवासीले जिल्लाभित्र रहेका पोखरी तथा माछा बिक्री केन्द्रको प्रभावकारी अनुगमन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

स्थानीय तह, कृषि तथा पशुपन्छीसम्बन्धी कार्यालय, खाद्य तथा गुणस्तर नियमन गर्ने निकाय, प्रहरी तथा अन्य सरोकारवाला निकायबीच समन्वय गरी प्रतिबन्धित माछाको उत्पादन, पालन, बिक्री–वितरण र ओसारपसारको स्रोत पहिचान गर्नुपर्ने स्थानीयको भनाइ छ।

त्यस्ता पोखरी फेला परेमा माछाको प्रजाति परीक्षण गरी कानुनअनुसार आवश्यक कारबाही गर्नुपर्ने तथा अवैध रूपमा उत्पादन गरिएका प्रतिबन्धित माछा बजारमा पुग्न नदिन नियमित अनुगमन गर्नुपर्ने मागसमेत गरिएको छ।

हेटौँडामा ठूलो परिमाणमा प्रतिबन्धित जुंगे माछा बरामद भएपछि यसले पर्सामा समेत प्रतिबन्धित माछाको अवैध कारोबारबारे गम्भीर प्रश्न उठाएको छ। अब सम्बन्धित निकायले पर्साका सम्भावित उत्पादन क्षेत्रको स्थलगत अनुगमन गरी वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...