रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, सनातन संस्कृति संरक्षण र गौसंरक्षणमा जोड

Date:

पर्सा पोस्ट, साउन १५ गते, रक्सौल (पूर्वी चम्पारण)।
गुरु पूर्णिमाको अवसरमा भारतको सीमावर्ती सहर रक्सौलमा आयोजित तीनदिने धर्म संसद धार्मिक एवं भक्तिमय वातावरणबीच सम्पन्न भएको छ। भारत र नेपालका सन्त–महात्मा, अखाडाका प्रतिनिधि तथा हजारौँ श्रद्धालुको सहभागिता रहेको धर्म संसदले सनातन धर्म, गौसंरक्षण, धार्मिक एकता र सांस्कृतिक संरक्षणसम्बन्धी विभिन्न प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

धर्म संसदका संयोजक जगतगुरु वामाचार्य सेवक संजयनाथजी महाराजले समाजलाई सनातन संस्कृति, आध्यात्मिक मूल्य र राष्ट्रसेवाप्रति जागरूक गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँदै भारत–नेपालका सन्तहरूको ऐतिहासिक संगमले धार्मिक एकता, सामाजिक सद्भाव र मानव कल्याणको सन्देश दिएको उल्लेख गर्नुभयो। काली सेनाकी राष्ट्रिय प्रमुख पार्वती तिवारीले धर्म संसदलाई सनातन संस्कृति, सामाजिक समरसता र परम्पराको संरक्षणका लागि प्रभावकारी मञ्च भएको बताउँदै गौसंरक्षण, सांस्कृतिक चेतना र राष्ट्रहितका विषयमा शान्तिपूर्ण तथा संवैधानिक संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
धर्म संसदले भारतलाई हिन्दु राष्ट्र घोषणा गर्न, गौमातालाई राष्ट्रमाताको संवैधानिक मान्यता दिन तथा सनातन संस्कृति र भारतीय परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्न माग गरेको छ। साथै धार्मिक चेतना अभिवृद्धि गर्दै संगठनात्मक एकतालाई सुदृढ बनाउन आह्वान गरिएको छ।

पारित प्रस्तावअनुसार जम्मु–कश्मीरबाट धारा ३७० हटाइएको र अयोध्यामा श्रीराम मन्दिर निर्माण सम्पन्न गराएकोमा भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको छ। साथै बिहार सरकारसँग गुरुनाथ अखाडालाई आवश्यक सुविधा उपलब्ध गराउन आग्रह गरिएको छ। अखाडाको परम्पराअनुसार नेपालका रामसुरत नाथलाई मण्डलेश्वर, अल्टर बाबालाई भारतको सभापति, बुद्धनाथलाई महामन्त्री, कलैया निवासी नागा बाबालाई सेनापति प्रमुख तथा गुरुनाथ भोलानाथलाई महन्त नियुक्त गरिएको घोषणा पनि गरिएको छ।

तीन दिनसम्म सञ्चालन भएको धर्म संसदमा सहभागी भारत र नेपालका सन्त–महात्माहरूले सनातन धर्मको संरक्षण, सामाजिक सद्भाव, आपसी भाइचारा र राष्ट्रहितका पक्षमा संयुक्त रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

खाद्य स्वच्छता उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही, नियमित अनुगमनले बजार सुधार हुने विश्वास

पर्सा पोस्ट, भदौ ५ गते, वीरगञ्ज । वीरगञ्जमा उपभोक्ताले...