बिरगंज -२६ मा नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवन उद्घाटन , सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा

Date:

पर्सा पोस्ट , साउन १५ गते, वीरगञ्ज।
वीरगञ्ज महानगरपालिका वडा नं. २६ मा नवनिर्मित वडा कार्यालय तथा स्वास्थ्य चौकी भवनको शुक्रबार एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ। वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले प्रमुख अतिथिका रूपमा दुवै भवनको संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख आलमले वडा नं. २६ को समग्र विकास र जनसेवाका लागि आफू सधैं प्रतिबद्ध रहने बताउनुभयो। उहाँले स्थानीय पूर्वाधार विकाससँगै गुणस्तरीय सेवा प्रवाहलाई महानगरपालिकाको प्राथमिकतामा राखिएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक निर्माण तथा विकासका योजनामा निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।
“मसँग हुने सम्पूर्ण सहयोग यस वडाका जनताका लागि रहनेछ। आगामी दिनमा पनि यस वडाको विकास निर्माणमा म सदैव अग्रसर रहनेछु,” उहाँले भन्नुभयो।

कार्यक्रममा वडा नं. २६ का वडा अध्यक्ष शम्भु मिश्राले करिब एक करोड रुपैयाँको लागतमा वडा कार्यालय तथा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको जानकारी दिँदै कार्यवाहक नगर प्रमुख आलमको विशेष पहल र सहयोगकै कारण योजना सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो। उहाँले भवन निर्माणमा योगदान पुर्‍याउने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गर्दै स्थानीयवासीलाई अब आफ्नै वडाबाट सहज रूपमा सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराले प्रत्येक वडाको आफ्नै सुविधासम्पन्न कार्यालय भवन हुनु स्थानीय सरकारलाई थप प्रभावकारी बनाउने आधार भएको उल्लेख गर्नुभयो। उहाँले महानगरपालिकाका सबै ३२ वटै वडामा आधुनिक तथा व्यवस्थित कार्यालय भवन निर्माण गर्ने लक्ष्य रहेको पनि बताउनुभयो।

उद्घाटन कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, नागरिक समाजका अगुवा, कर्मचारी, वडा सदस्य तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नवनिर्मित वडा कार्यालय सञ्चालनमा आएपछि प्रशासनिक सेवा, सामाजिक सुरक्षा वितरण, सिफारिसलगायतका सेवाहरू थप व्यवस्थित हुने अपेक्षा गरिएको छ। त्यस्तै स्वास्थ्य चौकी भवन सञ्चालनमा आएपछि आधारभूत स्वास्थ्य सेवा, नियमित स्वास्थ्य परीक्षण, खोप, मातृ तथा शिशु स्वास्थ्य सेवासहित अन्य प्राथमिक स्वास्थ्य सेवाहरू स्थानीय नागरिकले आफ्नै वडामा सहज रूपमा प्राप्त गर्ने विश्वास गरिएको छ।

स्थानीयवासीहरूले आधुनिक पूर्वाधार निर्माणसँगै सेवा प्रवाहको गुणस्तरमा सुधार आउने अपेक्षा व्यक्त गर्दै महानगरपालिकाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, सडक तथा खानेपानीलगायतका विकास योजनालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...