लिटिल एन्जल्स बोडिङ्ग स्कुलमा जुनियर तहको स्पेलिङ्ग प्रतियोगिता सम्पन्न

Date:

पर्सा पोस्ट, साउन ०६ गते, वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिका–२४, ज्योतिनगरस्थित लिटिल एन्जल्स बोर्डिङ स्कुलमा अध्ययनरत जुनियर तहका विद्यार्थीहरूको स्पेलिङ प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। विद्यार्थीहरूको अंग्रेजी भाषाप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै भाषा सीप, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रिन्सिपल सन्नी पाख्रिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। प्रतियोगितामा विभिन्न कक्षाका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो भाषिक क्षमता प्रदर्शन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल पाख्रिनले विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधिलाई पनि समान प्राथमिकता दिँदै आएको बताए। यस्ता प्रतियोगिताले विद्यार्थीहरूको भाषा ज्ञान, उच्चारण क्षमता, स्मरणशक्ति, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक सोचको विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।

उनले स्पेलिङ प्रतियोगितामार्फत विद्यार्थीहरूलाई सक्षम, सिर्जनशील र आत्मविश्वासी बनाउने लक्ष्यसहित विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उल्लेख गरे। आगामी दिनमा पनि विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने विभिन्न शैक्षिक, साहित्यिक, सांस्कृतिक तथा खेलकुदसम्बन्धी गतिविधि सञ्चालन गरिने उनले जानकारी दिए।

विद्यालयका अनुसार विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई केन्द्रमा राख्दै अध्ययनसँगै व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र अनुशासनको विकासमा समेत विशेष जोड दिइँदै आएको छ। प्रतियोगितामा सहभागी विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले कार्यक्रमले बालबालिकामा सिकाइप्रतिको उत्साह थप बढाएको प्रतिक्रिया दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...