” आत्मसन्तुष्टि र सकारात्मक सोचमै जिवनको वास्तविक आनन्द : बिमल सरार्फ “

Date:

पर्सा पोस्ट, साउन ०६ गते, रक्सौल (पूर्वी चम्पारण)।
जीवनको वास्तविक आनन्द बाह्य भौतिक सुख–सुविधामा नभई आत्मसन्तुष्टि, सकारात्मक सोच र आत्मविश्वासमा रहेको लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई का जोनल चेयरपर्सन, डिस्ट्रिक्ट चेयरपर्सन, भारत विकास परिषद् रक्सौलका सेवा संयोजक, मिडिया प्रभारी तथा समाजसेवी बिमल सर्राफले बताएका छन्।

प्रेससँग विचार व्यक्त गर्दै उनले कठिन परिस्थितिमा सबैले साथ नदिए पनि ईश्वरको साथ र आत्मबलले मानिसलाई अघि बढ्न प्रेरणा दिने उल्लेख गरे। जीवनमा अनेकौं चुनौती आए पनि प्रत्येक व्यक्तिभित्र कुनै न कुनै विशेष क्षमता हुने भएकाले त्यसलाई पहिचान गरी निरन्तर प्रयास गरे सफलता अवश्य प्राप्त हुने उनको भनाइ थियो।

सर्राफले अरूको भलो गर्नु मानवीय गुण भए पनि अत्यधिक भावुकताका कारण आफ्नै असलपनले दुःख भोग्नुपर्ने अवस्था सिर्जना हुन नदिन सचेत रहन आग्रह गरे। उनले समय, स्वास्थ्य र सम्बन्धलाई जीवनका सबैभन्दा बहुमूल्य सम्पत्ति भएको उल्लेख गर्दै यी तीनवटाको सही संरक्षण र सम्मान गर्नुपर्ने बताए।

उनले पारिवारिक तथा सामाजिक सम्बन्धमा प्रेम, विश्वास र सम्मान कायम राख्नुपर्नेमा जोड दिँदै गल्ती क्षमा गर्न सकिए पनि एकपटक टुटेको विश्वास पुनः स्थापित गर्न अत्यन्त कठिन हुने बताए। त्यसैले सम्बन्धलाई मजबुत बनाउन इमानदारी, पारदर्शिता र आपसी समझदारी आवश्यक रहेको उनको धारणा थियो।

समाजमा बढ्दो तनाव, प्रतिस्पर्धा र भौतिक दौडधुपका बीच मानिसले आफ्नो मानसिक शान्ति, आत्मसन्तुष्टि र सकारात्मक सोचलाई प्राथमिकता दिनुपर्ने सर्राफले बताए। उनले आफू सन्तुष्ट हुने र कसैलाई दुःख नपुग्ने जीवनशैली नै सफल, सभ्य र सार्थक जीवनको आधार भएको उल्लेख गरे।

अन्त्यमा उनले प्रत्येक दिनलाई उत्साह, सन्तुलन र सकारात्मक ऊर्जाका साथ बिताउन सबैमा आग्रह गर्दै आफूलाई बुझ्ने, आफ्ना क्षमता पहिचान गर्ने र हरेक क्षणलाई खुसीका साथ बाँच्ने व्यक्तिले नै जीवनको वास्तविक आनन्द प्राप्त गर्ने विश्वास व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...