भोजपुरी गीत ‘ चुडी जब खनखन करे लागेला ‘ सार्वजनिक , सैनिक परिवारको कथामा आधारित

Date:

पर्सा पोस्ट ,  साउन ०४ गते ,  वीरगञ्ज ।
चर्चित भोजपुरी गायिका कल्पना पटवारी र वीरगञ्जका कलाकार चन्दन प्रजापतिको स्वरमा रहेको नयाँ भोजपुरी गीत ‘चुडी जब खनखन करे लागेला’ सोमबार वीरगञ्जमा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

वीपीसी कलेजको सभाहलमा सम्पन्न गीत विमोचन कार्यक्रममा भोजपुरी प्रतिष्ठानकी अध्यक्ष तथा कन्या माध्यमिक विद्यालयकी प्रधानाध्यापक अनिता साह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रम लेखक तथा सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको अध्यक्षतामा सम्पन्न भएको हो।

गीतका गायक तथा मुख्य कलाकार चन्दन प्रजापतिले देशको सुरक्षामा खटिने सैनिकहरूको पारिवारिक जीवन, उनीहरूको भावनात्मक संघर्ष र पारिवारिक सम्बन्धलाई केन्द्रमा राखेर गीत तयार गरिएको जानकारी दिनुभयो। उहाँले चर्चित गायिका कल्पना पटवारीको सशक्त स्वरले गीतलाई अझ आकर्षक र प्रभावशाली बनाएको बताउँदै दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।

प्रजापतिका अनुसार एनआर म्युजिक रेकर्ड्समार्फत निर्माण गरिएको उक्त गीत तयार गर्न करिब साढे चार लाख रुपैयाँ खर्च भएको छ। आगामी दिनमा पनि सामाजिक तथा पारिवारिक विषयवस्तुमा आधारित गुणस्तरीय भोजपुरी गीत–सङ्गीत निर्माणलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा विश्व ज्योतिष महासङ्घका एसिया उपसभापति डा. पुरुषोत्तम दुबे, सदस्यहरू विभा साह र धीरज साह, भोजपुरी समाजका अध्यक्ष ध्रुव सिंह ठकुरी, लेखक प्रमोद पाण्डे ‘हेरम्ब’, कलाकार निभा यादव, निर्माता नितेश मेहता, राज सोनी, लेखक उमालाल साह, भोजपुरी गायक सुनिल पण्डित, टिकटक कलाकार तथा सञ्चारकर्मीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन पत्रकार जय यादवले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...