सञ्चारमाध्यममाथि अवरोध र त्रास सिर्जना अस्वीकार्य : प्रेस सेन्टर नेपाल

Date:

पर्सा पोस्ट , असार २९ गते , काठमाडौं । प्रेस सेन्टर नेपालले विभिन्न सञ्चारमाध्यमका कार्यालय परिसरमा शंकास्पद ढंगले सवारीसाधन पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीको नियमित कार्यसम्पादनमा अवरोध पुर्‍याउने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरद्वारा जारी प्रेस विज्ञप्तिमा आज बिहानदेखि काठमाडौंका केही प्रमुख सञ्चारगृहहरूको कार्यालय परिसरमा शंकास्पद सवारीसाधन राखी पत्रकार तथा कर्मचारीहरूको आवतजावतमा बाधा पुर्‍याइएको र त्रासपूर्ण वातावरण सिर्जना गरिएको समाचारप्रति संगठनको गम्भीर चासो रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा सञ्चारमाध्यमको स्वतन्त्र सञ्चालनमा असर पुग्ने, पत्रकारलाई मनोवैज्ञानिक दबाबमा राख्ने तथा प्रेस स्वतन्त्रताको अभ्यासमा अवरोध सिर्जना गर्ने यस्ता गतिविधि कुनै पनि दृष्टिले स्वीकार्य हुन नसक्ने स्पष्ट पारिएको छ।
प्रेस सेन्टर नेपालले नेपालको संविधानद्वारा प्रत्याभूत पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सूचनाको हक लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत स्तम्भ भएको उल्लेख गर्दै त्यसविपरीत हुने कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने जनाएको छ।

संगठनले सञ्चारगृह तथा पत्रकारहरूमाथि अवरोध, दबाब वा त्रास सिर्जना नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्दै लोकतान्त्रिक अभ्यास र संविधानप्रदत्त मौलिक अधिकारमाथि प्रहार गर्ने यस्ता गतिविधिको कडा शब्दमा निन्दा तथा भर्त्सना गरेको छ।

त्यस्तै, प्रेस सेन्टर नेपालले सम्बन्धित सुरक्षा निकायलाई घटनाको यथाशीघ्र छानबिन गरी वास्तविकता सार्वजनिक गर्न, अवरोध सिर्जना गर्ने व्यक्ति वा समूहको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन तथा सञ्चारकर्मी र सञ्चारगृहहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि सम्पूर्ण सञ्चारकर्मी, प्रेससम्बद्ध संघ–संस्था तथा लोकतन्त्रप्रेमी नागरिकहरूलाई सजग, एकताबद्ध र सक्रिय रहन समेत प्रेस सेन्टर नेपालले आह्वान गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...