नेशनल मेडिकल कलेज र नयी दिशा एजुकेशनल सोसाइटीबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

Date:

पर्सा पोस्ट, असार २९ गते, वीरगञ्ज, पर्सा।
नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज, नेपाल र भारतस्थित नयी दिशा एजुकेशनल सोसाइटीबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताले नेपाल र भारतबीच स्वास्थ्य क्षेत्रमा संस्थागत सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
सम्झौतापत्रमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी तथा नयी दिशा एजुकेशनल सोसाइटी (भारत) का सचिव सुरेन्द्र कुमार सिंहले हस्ताक्षर गर्नुभएको थियो।

सम्झौताको मुख्य उद्देश्य नयी दिशा एजुकेशनल सोसाइटीका बोर्ड सदस्य, कर्मचारी, समुदायका सदस्य तथा कर्मचारीका प्रत्यक्ष आश्रित परिवारजनलाई गुणस्तरीय, सहज र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको जनाइएको छ।

सम्झौताअनुसार लाभग्राहीहरूले नेशनल मेडिकल कलेजमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्राप्त गर्नेछन्। यसअन्तर्गत ओपीडी टिकट, बेड शुल्क, शल्यक्रिया सेवा, प्याथोलोजी परीक्षण, सिटी स्क्यान, एमआरआई, एक्स–रे, ईसीजी, ईको, टीएमटी तथा औषधि सेवामा विशेष सहुलियत प्रदान गरिनेछ।

त्यसैगरी, आवश्यकताअनुसार विशेष स्वास्थ्य परीक्षण प्याकेज (वेलनेस प्याकेज), नगदरहित (क्यासलेस) बीमा सेवाको सहजीकरण तथा नियमित स्वास्थ्य सेवामा प्राथमिकता उपलब्ध गराइने व्यवस्था पनि गरिएको छ।
दुवै संस्थाबीच भएको सहमतिअनुसार प्रत्येक तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ। साथै, स्वास्थ्य सचेतना अभिवृद्धिका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने तथा सामाजिक र स्वास्थ्यसम्बन्धी संयुक्त गतिविधिहरू सञ्चालन गरिने सहमति भएको छ।

सम्झौताले नयी दिशा एजुकेशनल सोसाइटीका सदस्य तथा उनीहरूका परिवारजनलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नुका साथै नेपाल–भारतबीच स्वास्थ्य सहकार्य र जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

सम्झौता कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रमुख सूचना अधिकृत ई. प्रदीपकुमार चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, वरिष्ठ प्रशासन अधिकृत विश्वनाथ कण्ठ तथा प्रशासन अधिकृत पप्पु सिंहलगायत दुवै संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले स्वास्थ्य सेवा केवल उपचारमा सीमित नभई सामाजिक उत्तरदायित्वसँग समेत जोडिएको विषय भएको उल्लेख गर्दै यस्ता सहकार्यले सीमापार स्वास्थ्य पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...