पर्सा चेस च्याम्पियनसिप सुरु , १०० खेलाडीबीच प्रतिस्पर्धा

Date:

पर्सा पोस्ट , असार २० गते , वीरगञ्ज ।
युथलिङ्क वीरगञ्जको आयोजना तथा पर्सा जिल्ला बुद्धीचाल संघको सहकार्यमा दुईदिने ‘पर्सा चेस च्याम्पियनसिप’ शनिबारदेखि वीरगञ्जस्थित बीपीसी कलेजको सभाहलमा सुरु भएको छ। जिल्लाभरबाट करिब १०० जना खेलाडीहरूको उत्साहजनक सहभागितासहित प्रतियोगिता प्रारम्भ भएको आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन समारोह पर्सा जिल्ला बुद्धीचाल संघका अध्यक्ष शुल्भ केसीको प्रमुख आतिथ्य तथा युथलिङ्क वीरगञ्जका अध्यक्ष अभिषेक सरार्फको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको शुभारम्भ अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए।
उद्घाटन कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी, सञ्चारकर्मी अभिलाष गुप्ता, सन्तोष कुशवाहा, युथलिङ्क वीरगञ्जका उपाध्यक्ष रोशनकुमार सोनार, बीपीसी कलेजका निर्देशक डा. अर्बिन्द श्रेष्ठ, बासु कर्णलगायतको विशेष उपस्थिति रहेको थियो।

प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर सौगात गिरी तथा प्रमुख निर्णायक (चिफ आर्बिटर) मिसन बास्कोटा रहेका छन्। प्रतियोगिता स्विस लिग प्रणालीअनुसार सात चरण (राउन्ड) मा सञ्चालन हुने जनाइएको छ। पहिलो दिन चार राउन्ड तथा दोस्रो दिन तीन राउन्डका खेल सम्पन्न भएपछि विजेताको टुंगो लाग्नेछ।

आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य पर्सा जिल्लामा बुद्धीचाल खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्नु हो। प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आगामी प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिताका लागि समेत प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरिएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले बुद्धीचाल खेलले विद्यार्थी तथा युवाहरूमा तार्किक सोच, निर्णय क्षमता, धैर्यता र एकाग्रता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनीहरूले यस्ता प्रतियोगिताले जिल्लामा खेल संस्कृतिको विस्तारसँगै युवाहरूलाई सकारात्मक तथा सिर्जनात्मक गतिविधितर्फ आकर्षित गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे।

प्रतियोगितामा विभिन्न विद्यालय, कलेज तथा क्लबका खेलाडीहरूको सहभागिता रहेको छ। खेलप्रेमी तथा अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको प्रतियोगिताको समापन आइतबार पुरस्कार वितरण तथा सम्मान कार्यक्रमसहित गरिने आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...