स्वामी विवेकानन्दनको १२४ औं पुण्यतिथि रक्सौलमा श्रद्वापुर्वक मनाइयो

Date:

पर्सा पोस्ट , असार २० गते , रक्सौल ।
भारत विकास परिषद्, शाखा–रक्सौलको तत्वावधानमा स्वामी विवेकानन्दको १२४औं पुण्यतिथि शनिबार श्रद्धा, सम्मान र प्रेरणामूलक वातावरणमा मनाइएको छ। लक्ष्मीपुरस्थित महाराजा बैंक्वेट हलमा आयोजित कार्यक्रममा परिषद्का पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवात “वन्दे मातरम्” गीतबाट गरिएको थियो। त्यसपछि उपस्थित सदस्यहरूले भारत माता तथा स्वामी विवेकानन्दको तेलचित्रमा पुष्प अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै शाखा अध्यक्ष रजनीश प्रियदर्शीले स्वामी विवेकानन्द भारतको आध्यात्मिक चेतना, सांस्कृतिक गौरव तथा राष्ट्रवादका अमर प्रतीक भएको बताए। उनले स्वामीजीका विचारहरूले सम्पूर्ण विश्वलाई भारतीय संस्कृतिको वास्तविक स्वरूप चिनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले युवाहरूलाई स्वामी विवेकानन्दको अनुशासन, चरित्र, आत्मविश्वास तथा राष्ट्रसेवाको भावनालाई आत्मसात गर्न आग्रह गर्दै यिनै आदर्शले भारतलाई पुनः विश्व नेतृत्वको दिशामा अघि बढाउन सक्ने धारणा व्यक्त गरे।

शाखा सचिव नरेश कुमार तथा सेवा संयोजक एवं मिडिया इन्चार्ज विमल कुमार सर्राफले स्वामी विवेकानन्दको जीवन युवाहरूका लागि प्रेरणाको अक्षय स्रोत भएको बताए। उनीहरूले राष्ट्र निर्माणका लागि स्वामीजीका विचार र आदर्शलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याए।

संस्कार संयोजक नितेश कुमार सिंहले स्वामी विवेकानन्द भारत माताका सच्चा उपासक तथा युवाशक्तिका प्रेरणास्तम्भ भएको उल्लेख गर्दै उनको आदर्शलाई पछ्याएर मात्रै राष्ट्र समृद्धितर्फ अघि बढ्न सक्ने बताए।

यसैगरी सम्पर्क संयोजक उमेश सिकारिया तथा संगठन सचिव अजय कुमारले स्वामी विवेकानन्दप्रति साँचो श्रद्धाञ्जली भनेको उनका सिद्धान्त, आदर्श र राष्ट्रसेवाको भावनालाई जीवनमा लागू गर्नु रहेको बताए। समाज र राष्ट्रको समग्र विकासका लागि सबैले सकारात्मक सोच र सेवाभावका साथ अगाडि बढ्नुपर्ने उनीहरूको भनाइ थियो।

कार्यक्रममा परिषद्का सदस्यहरू योगेन्द्र प्रसाद, सुनिल कुमार, विजय कुमार साह, दिनेश प्रसाद, विनोद कुमार, अरविन्द जायसवाल, सुरेश धानोठिया, प्रशान्त कुमार, विनोद रौनियार, जितेन्द्र चौरसिया, विवेक चौरसिया, प्रतीक कुमार, अनुज कुमारलगायतको सहभागिता रहेको थियो।

कार्यक्रम सम्बन्धी जानकारी सम्पर्क संयोजक उमेश सिकारिया तथा सेवा संयोजक सह–मिडिया इन्चार्ज विमल कुमार सर्राफले संयुक्त रूपमा दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...