गाई सेवाबाट लायन्स क्लब अफ बिरगंज मेट्राे सिटीको नयाँ सिजन सुभारम्भ

Date:

पर्सा पोस्ट , असार १८ गते , रक्सौल/वीरगंज ।
सेवा, करुणा र सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात गर्दै लायन्स क्लब अफ वीरगंज मेट्रो सिटी (डिस्ट्रिक्ट ३२५ एस) ले गाई सेवासँगै आफ्नो लायन्स सिजन २०२६–२७ को औपचारिक शुभारम्भ गरेको छ। क्लबका अध्यक्ष लायन पिया सिंहको नेतृत्वमा वीरगंजस्थित रानीघाटको जीतपुर गौशालामा आयोजित विशेष कार्यक्रममा गाईहरूलाई हरियो घाँस, फलफूल, रोटी तथा अन्य खाद्य सामग्री खुवाएर सेवा कार्य गरिएको थियो।

कार्यक्रममार्फत सेवा भाव, जीवप्रेम, करुणा र भारतीय संस्कृतिको संरक्षणको सन्देश प्रवाह गरिएको थियो। कार्यक्रममा सहभागी लायन्स सदस्यहरूले गौसेवा केवल धार्मिक आस्थासँग मात्र नभई मानवीय संवेदनासँग पनि जोडिएको विषय भएको उल्लेख गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका अध्यक्ष लायन पिया सिंहले लायन्स संस्थाले हरेक नयाँ सिजनको सुरुवात सेवा कार्यबाट गर्ने परम्परा रहेको बताइन्। उनले गाई सेवा भारतीय संस्कृतिको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै जीवित प्राणीहरूप्रति दया, सम्मान र संरक्षणको भावना नै साँचो मानवताको परिचायक भएको धारणा व्यक्त गरिन्। उनले क्लबले आगामी सत्रभरि स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, विपन्न सहयोग तथा सामाजिक जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्य गर्ने जानकारी दिइन्।

त्यसैगरी, लायन्स क्लब अफ वीरगंज मेट्रो सिटीका जिल्ला कार्यकारी सह–प्रमुख तथा चार्टर अध्यक्ष एमजेएफ लायन अशोक बेरिवालले लायन्स आन्दोलनको मूल उद्देश्य निस्वार्थ समाज सेवा भएको बताए। उनले यस्ता सेवा कार्यहरूले समाजमा सकारात्मक सोच, सहकार्य र मानवीय संवेदनाको विकास गर्ने धारणा राखे।

कार्यक्रममा क्लब सचिव लायन नेल्सन भण्डारी, सह–सचिव लायन प्रसिद्धि आनन्द सिंह, पूर्व अध्यक्ष तथा अञ्चल अध्यक्ष लायन नरोत्तम पाण्डे, लायन पीयूष दारुका, लायन श्वेता गुप्ता, लायन श्रुति गुप्ता लगायत विभिन्न सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यसैबीच, लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२२ ई का जोनल चेयरपर्सन तथा अञ्चल अध्यक्ष एवं लायन्स क्लब अफ रक्सौलका पूर्व अध्यक्ष लायन बिमल सर्राफ तथा लायन पूनम सर्राफले शुभकामना सन्देशमार्फत क्लबको सेवामूलक अभियानको प्रशंसा गरेका थिए। उनीहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन यस्ता सेवामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै “गाई माताको सेवा नै नारायणको सेवा हो” भन्ने भावनाका साथ सबैलाई यस्ता कार्यमा सहभागी हुन आग्रह गरेका थिए।

कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण लायन्स सदस्यहरूले सेवा, करुणा, सामाजिक सद्भाव र मानवीय मूल्य–मान्यताको संरक्षण तथा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सत्रभरि जनहितका कार्यक्रमलाई निरन्तरता दिने संकल्प गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...