कार्यवाहक प्रमुख आलमको पहलमा ६ महिनादेखि रोकिएको विपत राहत वितरण प्रक्रिया अघि बढयो

Date:

पर्सा पोस्ट , असार १८ गते , वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रिय पहल र विशेष चासोका कारण विगत ६ महिनादेखि रोकिएको विपत राहत रकम वितरण प्रक्रिया अन्ततः अगाडि बढेको छ। महानगरपालिकाका विभिन्न वडामा आगलागी, बाढी तथा हावाहुरीबाट प्रभावित १५ जना पीडित परिवारलाई राहत उपलब्ध गराउने तयारी पूरा भएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाको विपत व्यवस्थापन शाखामा लामो समयदेखि थन्किएका निवेदनहरूमाथि कार्यवाहक प्रमुख आलमले तत्काल चासो देखाउँदै आवश्यक छानबिन र प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थियो। उहाँकै निर्देशनपछि वडा नम्बर १४, १७, १९ र २६ लगायतका क्षेत्रमा पुगेर क्षतिको वास्तविक अवस्था अध्ययन गरिएको थियो।

अनुगमन तथा छानबिनपछि प्राकृतिक विपतका कारण घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेका वास्तविक पीडितहरूको पहिचान गरी राहत रकम वितरण गर्ने निर्णय गरिएको हो। पीडित परिवारको क्षतिको प्रकृति र अवस्था अनुसार प्रतिपरिवार ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म राहत उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ।

कार्यवाहक प्रमुख आलमले विपतमा परेका नागरिकलाई राहत उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै पीडितलाई राहत दिन कुनै ढिलाइ हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि विपतका घटनामा प्रभावित नगरबासीलाई महानगरले तत्काल र प्रभावकारी सहयोग उपलब्ध गराउने बताउनुभयो।

विपत व्यवस्थापन शाखा प्रमुख विभा मिश्राका अनुसार कार्यवाहक प्रमुख आलमको निरन्तर समन्वय, चासो र तोकताकेताका कारण लामो समयदेखि अल्झिएको प्रशासनिक प्रक्रिया तीव्र रूपमा अगाडि बढेको हो। उहाँले अबको केही दिनभित्रै राहत रकम सम्बन्धित पीडित परिवारको हातमा पुग्ने जानकारी दिनुभयो।

राहत वितरण प्रक्रिया अघि बढेपछि लामो समयदेखि आर्थिक सहयोगको प्रतीक्षामा रहेका पीडित परिवारहरूले राहत महसुस गरेका छन्। महानगरपालिकाको सक्रियताले विपत प्रभावित नागरिकमा स्थानीय सरकारप्रति विश्वास समेत बढाएको स्थानीयवासीहरूको भनाइ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...