हरित बिरगंज अभियानमा ग्रिनसिटि सामुदायिक प्रहरीको सक्रियता : १०० बिरुवा रोप्दै वातावरण संरक्षणको सन्देश

Date:

पर्सा पोस्ट , जेष्ठ २१ गते , वीरगञ्ज ।
वातावरण संरक्षण तथा हरित सहर निर्माण गर्ने उद्देश्यसहित ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले वीरगञ्जमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय पर्साको परिसर तथा जिल्ला प्रहरी कार्यालय पर्साको खेलमैदान क्षेत्रमा आयोजित कार्यक्रममा करिब १०० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्।

ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एसएसपी शान्तिराज कोइराला तथा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजु कार्की विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए।

त्यसैगरी ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युवराज कटुवाल, इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईं, लायन्स क्लबकी पिया सिंह लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, सामुदायिक प्रहरीका पदाधिकारी, आजीवन सदस्य तथा नेपाल प्रहरीका जवानहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले वातावरण संरक्षणका लागि वृक्षारोपणजस्ता अभियान आजको आवश्यकता भएको बताए। उनले हरित, स्वच्छ तथा स्वस्थ वातावरण निर्माणमा सम्पूर्ण नागरिकको साझा दायित्व रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एसएसपी शान्तिराज कोइरालाले समुदाय र प्रहरीबीचको सहकार्यले सामाजिक तथा वातावरणीय अभियानलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रमका अध्यक्ष जयप्रकाश खेतानले वातावरणीय सन्तुलन कायम राख्न तथा भावी पुस्ताका लागि हरियाली संरक्षण गर्न वृक्षारोपण अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गरे। उनले ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले सामाजिक क्षेत्रमा निरन्तर उल्लेखनीय योगदान दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सबैको साथ, सहयोग र सहभागिता प्राप्त भए संस्थाले अझ प्रभावकारी ढंगले सामाजिक तथा वातावरणीय अभियान अगाडि बढाउने विश्वास व्यक्त गरे।

सहभागीहरूले वृक्षारोपणमार्फत वातावरण संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम अन्तर्गत विभिन्न प्रजातिका फलफूल तथा छायाँ दिने बिरुवाहरू रोपिएका थिए।

स्थानीयवासीहरूले समेत यस्ता अभियानले वातावरणीय चेतना अभिवृद्धि हुनुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...