गर्मी र वर्षायामलाई लक्षित गर्दै वडा न.२ द्वारा जेष्ठ नागरिकलाई छाता , झुल र टर्च वितरण

Date:

पर्सा पोस्ट , जेष्ठ २० गते , वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिका वडा नं. २ ले वडा स्तरीय बजेटबाट खरिद गरिएको छाता, झुल तथा टर्च जेष्ठ नागरिक तथा असहाय वडा बासिन्दालाई वितरण गरेको छ। बढ्दो गर्मी, लामखुट्टेको प्रकोप तथा नजिकिँदै गरेको वर्षायामलाई ध्यानमा राख्दै उक्त सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

वडा अध्यक्ष मो. रेयाज मिया तेलीले केही दिनयता अत्यधिक गर्मी बढ्दै गएको र लामखुट्टेको समस्या समेत बढेकाले जेष्ठ नागरिक तथा विपन्न समुदायलाई राहत स्वरूप सामग्री उपलब्ध गराइएको जानकारी दिए। उनका अनुसार पहिलो चरणमा आज ९० जना जेष्ठ नागरिक तथा असहाय नागरिकलाई छाता, झुल र टर्च वितरण गरिएको हो।

वडा अध्यक्ष तेलीले कार्यक्रममा उपस्थित हुन नसकेका बिरामी, अशक्त तथा छुटेका नागरिकलाई घरमै पुगेर सामग्री वितरण गरिने पनि बताए। उनले वडा कार्यालयले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरे।
सामग्री वितरण कार्यक्रममा वडा सदस्य मो. लतिफ अन्सारी (पिर महमद), बसिर मिया हजाम, महिला सदस्य संगीता थापा भुजेल, वडा सचिव शेख कासिम, कार्यालय सहयोगी उस्मान अन्सारी, नेपाली कांग्रेस वडा नं. २ कमिटीका बुथ सभापति फिरोज आलम, सचिव कमल महतो लगायत स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीयवासीहरूले वडा कार्यालयद्वारा गरिएको सहयोगप्रति खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमले जेष्ठ नागरिक र असहाय वर्गलाई राहत मिल्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...