वातावरण दिवसको अवसरमा बिरगंजमा साइकल रैली , वातावरण संरक्षणबारे जनचेतना फैलाइयो

Date:

पर्सा पोस्ट, जेष्ठ २० गते, वीरगञ्ज ।
विश्व वातावरण दिवस २०८३ को अवसरमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिरहेको प्रकृति सेवा प्रतिष्ठान, नेपालले बुधबार वीरगञ्जमा जनचेतनामूलक साइकल रैली आयोजना गरेको छ। जीवन ज्योती स्कुलको सहकार्यमा सम्पन्न रैलीमार्फत वातावरण संरक्षण, प्रदूषण नियन्त्रण तथा ट्राफिक सचेतनाबारे सन्देश प्रवाह गरिएको हो।

प्रकृति सेवा प्रतिष्ठान, नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंह को नेतृत्वमा आयोजित कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रनी युवराज कटुवाल, जीवन ज्योती स्कुलका प्रधानाध्यापक शिव गुप्ता, समाजसेवी भगवान श्रेष्ठ, वीरगञ्ज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, युवा अभियन्ता दिलीप कार्की लगायत प्रतिष्ठानका पदाधिकारी, प्रहरी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
रैलीमा कक्षा ९ र १० का करिब ५० जना विद्यार्थी सहभागी भएका थिए। जीवन ज्योती स्कुलका प्रधानाध्यापक गुप्ताले हरियो झण्डा देखाएर रैलीको उद्घाटन गरेका थिए।
रानिघाटस्थित जीवन ज्योती स्कुलबाट सुरु भएको साइकल रैली घण्टाघर, बसपार्क, बाइपास रोड हुँदै नगवा पुगेको थियो। त्यसपछि रेशमकोठी, मेनरोड, कैलाश होटल चोक, घडियर्वा पोखरी, माइस्थान तथा घण्टाघर हुँदै पुनः विद्यालय परिसरमा पुगेर समापन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै ट्राफिक प्रमुख प्रनी कटुवालले वातावरणले मानव जीवनलाई जन्मदेखि मृत्युसम्म आवश्यक हावा, पानी, अन्न, फलफूल, वनस्पति तथा जडीबुटीजस्ता जीवनदायी स्रोत निःशुल्क प्रदान गरिरहेको उल्लेख गर्दै यसको संरक्षण र संवर्द्धन गर्नु सबैको दायित्व भएको बताए। उनले सबैलाई ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए।

त्यसैगरी प्रतिष्ठानका अध्यक्ष सिंहले “हरियो, सफा र स्वस्थ वीरगञ्ज”, “प्लास्टिक झोला तथा प्रदूषणमुक्त वीरगञ्ज” र “धरतीलाई बचाऔं, वातावरणलाई जोगाऔं” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै प्रतिष्ठानले प्रत्येक वर्ष वातावरण दिवसको अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

उनले विगत तीन दिनदेखि सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र चौथो दिन साइकल रैलीमार्फत वातावरण संरक्षणको सन्देश फैलाइएको जानकारी दिए। वातावरणप्रति सबै नागरिक जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै उनले जनजागरण अभियानलाई अझ व्यापक बनाउन आवश्यक रहेको बताए।

कार्यक्रमको अन्त्यमा सिंहले सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक, प्रहरी तथा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गर्मी र वर्षायामलाई लक्षित गर्दै वडा न.२ द्वारा जेष्ठ नागरिकलाई छाता , झुल र टर्च वितरण

पर्सा पोस्ट , जेष्ठ २० गते , वीरगञ्ज । वीरगञ्ज...

दु:खको जरा बाहिर होइन , मानिसको सोचभित्र लुकेको छ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ २० गते , रक्सौल, पूर्वी...

ट्राफिक प्रहरी कार्यालय पर्सालाई सर्कल अफ केयरद्वारा पानी डिस्पेन्सर सहयोग

पर्सा पोस्ट , जेष्ठ २० गते, वीरगञ्ज । सामाजिक उत्तरदायित्व...

वातावरण दिवसको पूर्वसन्ध्यामा बिरगंजमा सरसफाइ तथा जनचेतना अभियान

पर्सा पोस्ट , जेष्ठ १९ गते, वीरगञ्ज । विश्व वातावरण...