विद्यार्थीको आँखाको नि:सुल्क परिक्षण , चश्मा तथा औषधि वितरण

Date:

पर्सा पोस्ट , जेष्ठ ०६ गते , वीरगञ्ज ।
नेपाल नेत्रज्योति संघ पर्सा को आयोजनामा वीरगञ्ज महानगरपालिका वडा नं. ४ स्थित श्री सुन्दरमल–रामकुमार कन्या विद्यालय मा निःशुल्क आँखा परीक्षण, चश्मा तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयका प्रधानाध्यापक अनिता साह को अध्यक्षतामा सम्पन्न कार्यक्रममा भगवती चौधरी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा संघका उपसभापति मदन प्रसाद गुप्ता तथा निवर्तमान सभापति मधुराणा ले विद्यार्थीहरूलाई पर्चा तथा चश्मा हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

शिविरमा विद्यालयका विद्यार्थी तथा शिक्षक गरी करिब १४८ जना लाभान्वित भएका थिए। परीक्षणका क्रममा आवश्यकता अनुसार निःशुल्क औषधि तथा चश्मा वितरण गरिएको आयोजकले जनाएको छ। आँखा सम्बन्धी समस्या समयमै पहिचान गरी उपचार तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनिता साह, सहायक प्रधानाध्यापक लक्ष्मी सिंह लगायतले नेपाल नेत्रज्योति संघ पर्सा जिल्ला शाखा परिवारप्रति आभार व्यक्त गर्दै कदरपत्र प्रदान गरेका थिए।

यस अवसरमा संघका सचिव सिताराम उपाध्याय, कोषाध्यक्ष दिपिका श्रेष्ठ, उपकोषाध्यक्ष सन्तोष जैसवाल, उपसचिव उमेश गुप्ता, गणेश प्रसाद साह, मधुसूदन उपाध्याय, सुनिता नेपाल लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी नेत्र सहायक अन्जली चौधरी र अरुण कुमारले प्राविधिक सहयोग प्रदान गरेका थिए। कार्यक्रमबारे जानकारी नेपाल नेत्रज्योति संघ पर्सा जिल्ला कार्यसमिति सदस्य राजन श्रीवास्तवले गराउनुभएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...