नेपाल नेत्रज्योति संघ पर्साद्वारा विद्यालयमा नि:सुल्क आँखा परीक्षण तथा चस्मा वितरण

Date:

पर्सा पोस्ट , जेष्ठ ०४ गते , वीरगञ्ज ।
नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा वीरगञ्ज महानगरपालिका वडा नं. १० स्थित श्री रामचरण साह पन्नालाल माध्यमिक विद्यालयमा निःशुल्क आँखा परीक्षण, चस्मा तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएकोछ ।

विद्यालयका प्रधानाध्यापक मनोज प्रसाद चौहानको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल नेत्रज्योति संघ पर्साका सभापति भगवती चौधरी प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए। कार्यक्रममा संघका उपसभापति मदन प्रसाद गुप्ताले विद्यार्थीलाई चस्मा तथा आवश्यक पर्चा हस्तान्तरण गर्दै शिविरको उद्घाटन गरेका थिए।

शिविरमा विद्यालयका विद्यार्थी तथा शिक्षक गरी करिब १९५ जना लाभान्वित भएको आयोजकले जनाएको छ। परीक्षणका क्रममा आँखासम्बन्धी समस्या देखिएका सहभागीहरूलाई निःशुल्क औषधि तथा आवश्यकता अनुसार चस्मासमेत वितरण गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भगवती चौधरीले विद्यार्थीको शैक्षिक विकासका लागि स्वस्थ दृष्टि अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने बताए। उनले ग्रामीण तथा विद्यालय तहमा पुगेर सेवा प्रदान गर्नु संघको प्राथमिकतामा रहेको पनि स्पष्ट पारे।

प्रधानाध्यापक मनोज प्रसाद चौहानले विद्यालयमै विशेषज्ञसहितको आँखा परीक्षण सेवा उपलब्ध गराएकोमा नेपाल नेत्रज्योति संघ पर्साप्रति आभार व्यक्त गरे। उनले यस्ता कार्यक्रमले आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट वञ्चित विद्यार्थीलाई प्रत्यक्ष लाभ पुगेको बताए।

कार्यक्रममा विनोद गिरि, सुमनिमा राज भण्डारी, बबिता गुप्ता, उर्मिला गिरिलगायतले नेपाल नेत्रज्योति परिवारलाई धन्यवाद ज्ञापन गर्दै कदरपत्र प्रदान गरेका थिए।

त्यसैगरी कार्यक्रममा नेपाल नेत्रज्योति संघ पर्साका निवर्तमान सभापति मधु राणा, सचिव सिताराम उपाध्याय, कोषाध्यक्ष दीपिका श्रेष्ठ, सुनिता नेपाल, समिता कर्ण, उमेश गुप्ता, गणेश प्रसाद साह, मधुसूदन उपाध्यायलगायतको उपस्थिति रहेको थियो।

नेत्र सहायक अञ्जली चौधरी र अरुण कुमारले प्राविधिक सहयोग गरेका थिए भने कार्यक्रमबारे जानकारी नेपाल नेत्रज्योति संघ पर्सा जिल्ला कार्यसमिति सदस्य राजन श्रीवास्तवले दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

दूरदर्शी विवेक र मानव मर्यादाले नै साँचो बुद्धिमत्ताको परिचय दिन्छ : बिमल सरार्फ ।

पर्सा पोस्ट , जेष्ठ १० गते , रक्सौल, पूर्वी...

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...