निर्माण सामाग्रीको मूल्यवृद्धि विरुद्ध निर्माण व्यवसायीको आन्दोलन , पर्सामा सरकारलाई ज्ञापनपत्र

Date:

पर्सा पोस्ट , बैशाख ३१ गते , वीरगञ्ज ।
निर्माण सामग्रीमा भएको चर्को मूल्यवृद्धि, बढ्दो महँगी तथा सरकारले मूल्य समायोजन लागू नगरेको विरोधमा नेपाल निर्माण व्यवसायी संघले देशव्यापी आन्दोलन सुरु गरेको छ। सोही कार्यक्रमअन्तर्गत नेपाल निर्माण व्यवसायी संघ पर्साले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्र बुझाउँदै संघका पदाधिकारी तथा निर्माण व्यवसायीहरूले निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको बताएका छन्। उनीहरूका अनुसार डिजेल, डण्डी, सिमेन्ट, बिटुमिनलगायत निर्माण सामग्रीको मूल्य अत्यधिक बढ्दा पुरानै दररेटमा ठेक्का सञ्चालन गर्नुपर्ने बाध्यताले व्यवसायीहरू ठूलो आर्थिक घाटामा परेका छन्।

संघले सार्वजनिक खरिद नियमावलीमा मूल्य समायोजनको स्पष्ट व्यवस्था भए पनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो गरेको छ। निर्माण क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौं श्रमिक आबद्ध रहेको उल्लेख गर्दै समयमै समस्या समाधान नगरे निर्माण क्षेत्र पूर्ण रूपमा ठप्प हुने चेतावनी समेत दिइएको छ।

नेपाल निर्माण व्यवसायी संघ पर्साका सञ्जय पटेलले देशव्यापी आन्दोलनअन्तर्गत पर्सामा पनि ज्ञापनपत्र बुझाइएको जानकारी दिँदै सरकारबाट माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने बताए।

संघले निर्माण सामग्रीको कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्न, तत्काल मूल्य समायोजन लागू गर्न तथा निर्माण व्यवसायीमैत्री वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

क्रियाशिल युवा पत्रकार मञ्च नेपालको दोस्रो बैठक सम्पन्न , रक्तदान कार्यक्रम गर्ने निर्णय

पर्सा पोस्ट, जेठ ०९ गते, वीरगञ्ज । क्रियाशील युवा पत्रकार...