बिरगंजमा तीन स्थानमा रक्तदान कार्यक्रम सम्पन्न :१३२ जनाद्वारा रक्तदान

Date:

पर्सा पोस्ट, बैशाख ०५ गते, वीरगञ्ज ।
वीरगञ्जका विभिन्न तीन स्थानमा सम्पन्न छुट्टाछुट्टै रक्तदान कार्यक्रममार्फत कुल १३२ जनाले रक्तदान गरेका छन्। समाजमा रगत अभाव न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रमहरूमा स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

दुर्गा पूजा समिति रानीघाटद्वारा आयोजित २६औं खुला रक्तदान कार्यक्रम समितिका अध्यक्ष शतिस सिंह राजपुतको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि सुरेन्द्र प्रसाद यादव रहेका थिए भने विशिष्ट अतिथिमा वडा नम्बर ८ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ता, नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाका सभापति बृजकिशोर प्रसाद पटेललगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा ५८ जना पुरुष र ४ जना महिला गरी कुल ६२ जनाले रक्तदान गरेका थिए।

त्यसैगरी, युवा जागरूक समाज, नेपालद्वारा नारायणी अस्पताल परिसरमा आयोजित अर्को रक्तदान कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा २५ जना पुरुष र ७ जना महिला गरी ३२ जनाले रक्तदान गरेका थिए।

यसैक्रममा सशस्त्र प्रहरी बल नम्बर १३ गण वीरगञ्जमा आयोजित रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए।

तीनवटै कार्यक्रममार्फत संकलित रगतले आपतकालीन अवस्थामा बिरामीहरूको जीवन रक्षा गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ। आयोजक संस्थाहरूले यस्ता सामाजिक कार्यलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...