MRP कार्यान्वयनमा चुनौती: बिरगंजमा बृहत छलफल, ´ समृद्व मधेश ` पुस्तक विमोचन

Date:

पर्सा पोस्ट, बैशाख ०४ गते, वीरगञ्ज।
अधिकतम् खुद्रा मूल्य (MRP) सम्बन्धी विषयमा केन्द्रित बृहद छलफल तथा ‘समृद्ध मधेश’ नामक पुस्तक विमोचन कार्यक्रम शुक्रबार वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भएको छ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानी प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए। कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, निवर्तमान अध्यक्ष अनिल कुमार अग्रवाल लगायत व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

छलफलमा पर्सा जिल्लाका विभिन्न क्षेत्रका आयातकर्ताहरूले हालै नेपाल सरकारले जारी गरेको MRP सम्बन्धी सूचनालाई १५ दिनभित्र कार्यान्वयन गर्नु व्यवहारिक रूपमा कठिन रहेको धारणा व्यक्त गरे। उनीहरूले पर्याप्त पूर्वतयारी, स्पष्ट कार्यविधि र आवश्यक सहजीकरण बिना यस्तो नीति लागू गर्दा बजारमा अन्योल सिर्जना हुने बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अशोक टेमानीले MRP कार्यान्वयन उपभोक्ता हितका लागि सकारात्मक कदम भए पनि यसको प्रभावकारी कार्यान्वयनका लागि व्यवसायीहरूसँग समन्वय, पर्याप्त तयारी र यथार्थपरक समयसीमा आवश्यक रहेको उल्लेख गरे। “नीति बनाउँदा बजारको वास्तविक अवस्था र व्यवसायीहरूको तयारीलाई ध्यान दिनुपर्छ, नत्र राम्रो उद्देश्यका नीति पनि कार्यान्वयनमा चुनौतीपूर्ण बन्न सक्छन्,” उनले भने।
त्यसैगरी, वरिष्ठ उपाध्यक्ष माधव राजपालले छोटो समयसीमाले व्यवसायीहरूमा अन्योल सिर्जना गरेको बताउँदै सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेकोमा जोड दिए।

सो अवसरमा अशोक कुमार टेमानीद्वारा लिखित ‘समृद्ध मधेश’ पुस्तकको विमोचन समेत गरिएको थियो। उक्त पुस्तकमा मधेश प्रदेशको समग्र विकास, लगानीका सम्भावना तथा नीतिगत मार्गचित्रबारे विस्तृत रूपमा चर्चा गरिएको छ। यसअघि उक्त पुस्तक जनकपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्रीबाट समेत विमोचन भइसकेको थियो।

कार्यक्रमका सहभागीहरूले MRP सम्बन्धी नीतिलाई प्रभावकारी र सहज रूपमा कार्यान्वयन गर्न सबै सरोकारवाला पक्षबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए। कार्यक्रमको सञ्चालन सङ्घका प्रशासकीय अधिकृत मनोज उपाध्यायले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...