सिमामा १०० रुपैयाँ माथिका सामानमा कर : पर्साका युवाको विरोध, सिडियोलाई ध्यानाकर्षण पत्र

Date:

पर्सा पोस्ट, बैशाख ०४ गते, वीरगञ्ज।
सीमावर्ती भन्सार नाकाबाट १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा कर असुल गर्ने सरकारी नीतिप्रति असन्तुष्टि जनाउँदै पर्साका युवाहरूले प्रमुख जिल्ला अधिकारी भोला दहाललाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

जेन जी पर्साका संयोजक महादेव प्रसाद कुर्मीको नेतृत्वमा गएको टोलीले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सा पुगेर उक्त ध्यानाकर्षण पत्र बुझाएको हो। युवाहरूले नेपाल–भारतबीच परम्परादेखि कायम सामाजिक, सांस्कृतिक तथा पारिवारिक ‘बेटी–रोटी’ सम्बन्धमा यस्तो नीतिले नकारात्मक असर पार्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

ध्यानाकर्षण पत्रमा सीमावर्ती क्षेत्रका सर्वसाधारण नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएका साना किनमेलमा समेत कर लगाउनु अन्यायपूर्ण भएको उल्लेख गरिएको छ। दैनिक उपभोगका सामान्य वस्तुमा समेत १०० रुपैयाँको सीमा राखेर कडाइका साथ कर असुल गर्दा सीमावासीहरू प्रत्यक्ष मारमा परेको जनाइएको छ।

त्यस्तै, वर्तमान आर्थिक परिस्थितिमा आम नागरिकले राहत र सहुलियतको अपेक्षा गरिरहेका बेला यस्तो नीतिले झन् निराशा बढाएको युवाहरूको भनाइ छ। मधेस क्षेत्रमा बसोबास गर्ने नागरिकलाई राज्यले सधैं विभेदपूर्ण व्यवहार गर्दै आएको गुनासो समेत पत्रमार्फत राखिएको छ।

वीरगञ्ज देशकै प्रमुख व्यापारिक प्रवेशद्वार तथा उच्च राजस्व संकलन हुने भन्सार क्षेत्र भए पनि यहाँको पूर्वाधार विकास, सरसफाइ र स्वास्थ्य सेवाको अवस्था सन्तोषजनक नरहेको आरोप पनि लगाइएको छ। धुलो, धुवाँ र अव्यवस्थित सडकका कारण स्थानीयवासीले दीर्घकालीन स्वास्थ्य समस्या भोग्नु परेको उल्लेख गरिएको छ।

युवाहरूले उक्त कर नीतिलाई तत्काल पुनरावलोकन वा खारेज गर्न, सीमावर्ती नागरिकको जीवन सहज बनाउन तथा राज्यबाट समान व्यवहार सुनिश्चित गर्न प्रशासनसँग माग गरेका छन्। साथै, जनताको समस्याप्रति संवेदनशील भई आवश्यक पहल गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरिएको छ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दहालले विषय गम्भीर रहेको बताउँदै सम्बन्धित निकायसम्म आवाज पुर्‍याउने आश्वासन दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...