विरगंज वडा न. ८ को नवनिर्मित कार्यालय भवन उद्घाटन , सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा

Date:

पर्सा पोस्ट, चैत २७ गते, वीरगंज ।
वीरगंज महानगरपालिका वडा नं. ८ को नवनिर्मित वडा कार्यालय भवन आज एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। भवनको उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गर्नुभएको हो।

महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा टेण्डर आह्वान गरी भवन निर्माण प्रक्रिया अघि बढाएको थियो। उक्त टेण्डर एसडी कन्स्ट्रक्सनले प्राप्त गरी करिब ७९ लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न गरेको हो। निर्माण कार्य समयमै सम्पन्न भएसँगै वडा कार्यालयले अब आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरेको छ।

नवनिर्मित भवन दुई तले पक्की संरचनामा तयार गरिएको छ, जसमा सेवाग्राहीलाई सहज हुनेगरी आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गरिएको छ। यसअघि वडा कार्यालयको आफ्नै भवन नहुँदा विद्यालयको कोठाबाट सेवा सञ्चालन हुँदै आएको थियो, जसका कारण सेवाग्राहीले साँघुरो ठाउँ, व्यवस्थापन अभाव लगायतका समस्या भोग्दै आएका थिए।
अब भने नयाँ भवन सञ्चालनमा आएसँगै सेवा प्रवाह अझ व्यवस्थित, छिटो र नागरिकमैत्री हुने विश्वास लिइएको छ। स्थानीयवासीहरूले पनि आफ्नै भवनबाट सेवा पाउन थालेपछि कामकाजमा सहजता आउने अपेक्षा व्यक्त गरेका छन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानगर प्रमुख राजेशमान सिंहले नयाँ भवन निर्माणसँगै वडा स्तरबाट प्रदान गरिने सेवा अझ प्रभावकारी हुने बताउनुभयो। उहाँले स्थानीय तहको सुदृढीकरणका लागि भौतिक पूर्वाधार विकास अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता विकास निर्माणका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, विभिन्न वडाका वडा अध्यक्षहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

प्रतिभा पहिचान र समाज रुपान्तरणमा गुरुको भूमिका महत्वपूर्ण : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ ०६ गते , रक्सौल, पूर्वी...

महालक्ष्मी विकास बैंकद्वारा रक्तदान , सरसफाइ र स्वास्थ्य शिबिर सहित वर्षिकोत्सव मनाईदै

पर्सा पोस्ट , जेष्ठ ०६ गते , वीरगञ्ज । महालक्ष्मी...