सानेपामा हुण्डी कारोवारमा संलग्न चार जना पक्राउ , ७ लाख ८८ हजार रुपैयाँ बरामद

Date:

पर्सा पोस्ट , चैत २३ गते , ललितपुर । ललितपुर महानगरपालिका–२ सानेपा सुन्दरीघाट क्षेत्रमा हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई नगदसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बुधबार दिउँसो करिब १:३० बजे सो क्षेत्रमा केही व्यक्तिहरू अवैध हुण्डी कारोबारका लागि जम्मा भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले खानतलासी गर्दा मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ का ६० वर्षीय देवकुमार लामा, खोटाङ रुपाकोट मझुवागढी नगरपालिका–११ का ४३ वर्षीय पवन तामाङ, सर्लाही बागमती नगरपालिका–१० का ३९ वर्षीय इन्द्र विश्वकर्मा र सोही नगरपालिका–६ का ३२ वर्षीय दिनेश विश्वकर्मालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार इन्द्र विश्वकर्माले बोकेको निलो झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा रु. १,००० दरका नोट गरी ७ लाख ५६ हजार रुपैयाँ फेला परेको थियो। साथै, माथि र तल रु. १,००० दरका नोट राखी बीचमा सोही आकारको सेतो कागज राखिएको १६ बण्डल समेत बरामद गरिएको छ। सम्पूर्ण नगद गणना गर्दा जम्मा ७ लाख ८८ हजार रुपैयाँ तथा १,००० रुपैयाँकै आकारमा काटिएको सेतो कागजका १६ बण्डल बरामद भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक सोधपुछका क्रममा उक्त रकम हुण्डी कारोबारसँग सम्बन्धित रहेको उनीहरूले स्वीकार गरेको प्रहरीले जनाएको छ। साथै, उनीहरू ठगी कारोबारमा समेत संलग्न हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको छ।

प्रहरीले बरामद नगद र सम्बन्धित सामग्रीसहित चारै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...

विपन्न परिवारको बिहेवारीमा सहयोग : जगरनाथपुरमा खाद्यान्न वितरण

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५...