पर्साका मुद्दा  लिएर प्रधानमन्त्रीसँग भेट: जनमत पार्टीद्वारा १७ बुँदे एजेन्डा प्रस्तुत गर्न सुझाव

Date:

पर्सा पोस्ट , चैत १८ गते , वीरगञ्ज । मधेस प्रदेशका माननीय सांसदहरूको सम्माननीय प्रधानमन्त्रीसँग आज अपरान्ह तय भएको भेटघाटलाई लक्षित गर्दै पर्सा जिल्लाका जनप्रतिनिधिहरूलाई पर्साका प्रमुख विकास एजेन्डा सशक्त रूपमा उठाउन आग्रह गरिएको छ।

जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ ले आफ्नो चुनावी संकल्पपत्रमा समेटिएका विषयहरूलाई आधार बनाएर पर्साबाट निर्वाचित सांसदहरूलाई १७ बुँदे सुझाव पेश गर्दै जिल्लाको समग्र विकासका लागि ठोस पहल गर्न ध्यानाकर्षण गराएका हुन्।

सरार्फले पर्साको स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पर्यटन, पूर्वाधार तथा सुशासनका क्षेत्रमा देखिएका समस्या समाधानका लागि दीर्घकालीन योजना र पर्याप्त बजेट विनियोजन आवश्यक रहेको उल्लेख गरेका छन्।
@ प्रस्तुत गरिएका मुख्य एजेन्डाहरू:
(१) नारायणी अस्पताललाई स्तरोन्नति गर्दै शिक्षण अस्पतालको रूपमा विकास
(२) नारायणी रंगशालाको स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमै पूर्ण बजेट व्यवस्था
(३) ठाकुरराम बहुमुखी क्याम्पसको शैक्षिक स्तर उन्नति
(४) सिर्सिया नदीलाई प्रदूषण तथा अतिक्रमणमुक्त बनाई पर्यटकीय करिडोर निर्माण
(५) वीरगञ्ज औद्योगिक करिडोरका लागि विशेष आर्थिक प्याकेज
(६) पोखरिया अस्पतालको स्तरोन्नति
(७) **ठोरी, पर्सा राष्ट्रिय निकुञ्ज, पर्सागढी र पारसनाथ (महुवन मठ)**लाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास
(८) वीरगञ्ज चिनी कारखानाको जग्गा संरक्षण तथा सम्भाव्यता अध्ययनपछि सदुपयोग
(९) मालपोत र नापी कार्यालयलगायत सेवाग्राहीमुखी सेवा प्रवाह सुधार
(१०) किसानका लागि समयमै मलखाद उपलब्धता सुनिश्चित
(११) दिगो तथा वैकल्पिक सिँचाइका बृहत् परियोजना सञ्चालन
(१२) वीरगञ्जमा स्वच्छ खानेपानीको दीर्घकालीन समाधान
(१३) कृषि औजार कारखाना पूर्ण रूपमा सञ्चालनका लागि बजेट व्यवस्था
(१४ ) भारतीय पर्यटकहरूमाथि हुने अनावश्यक हैरानी अन्त्य गर्दै एकीकृत सुरक्षा जाँच प्रणाली लागू
(१५) लागुऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रणका लागि विशेष कार्यक्रम
(१६) स्थानीय तहहरूमा देखिएको बेथिति र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी हस्तक्षेप र
(१७) सार्वजनिक सम्पत्ति तथा सांस्कृतिक धरोहर संरक्षणमा विशेष ध्यान

जनमत पार्टीले पर्साको समग्र विकासका लागि यी एजेन्डाहरू तत्काल सम्बोधन गर्नुपर्ने बताउँदै केन्द्र सरकारसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न सांसदहरूलाई आग्रह गरेको छ।

अध्यक्ष सरार्फले भने, “पर्साको विकासका लागि अब ढिलाइ गर्न मिल्दैन। स्वास्थ्य, शिक्षा, कृषि, उद्योगदेखि सुशासनसम्मका विषयमा ठोस निर्णय र कार्यान्वयन आवश्यक छ।”

उक्त भेटलाई पर्साको विकासका लागि महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। स्थानीय सरोकारवालाहरूले पनि सांसदहरूले एकजुट भएर जिल्लाको हितमा बलियो आवाज उठाउने अपेक्षा गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...