रक्सौलमा नशाविरुद्ध प्रहरीको ठुलो सफलता : २,२८५ नशालु ईन्जेक्सन सहित दुई नेपाली तस्कर पक्राउ

Date:

पर्सा पोस्ट, चैत १६ गते, वीरगञ्ज ।
भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलमा प्रहरीले नशाविरुद्धको अभियान अन्तर्गत उल्लेखनीय सफलता हासिल गरेको छ। प्रहरी अधीक्षक हेमन्त कुमार सिंहको निर्देशनमा सञ्चालन गरिएको विशेष कारबाहीमा रक्सौल थाना क्षेत्रअन्तर्गत पर्ने कौड़ीहर चौकबाट २,२८५ थान नशालु इन्जेक्सन बरामद गरिएको हो।

उक्त कारबाहीका क्रममा नेपालका दुई जना नागरिक—अबजाल मियाँ र हेमन्त नारायण महतो—लाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ भने यस अवैध तस्करी सञ्जालसँग संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यलाई पनि तीव्र बनाइएको बताइएको छ।

बरामद गरिएका इन्जेक्सनहरूमा Promethazine Hydrochloride, Diazepam र Buprenorphine जस्ता औषधिहरू रहेका छन्। चिकित्सकहरूका अनुसार यस्ता औषधिहरूको अवैध रूपमा नशाका रूपमा प्रयोग हुँदा विशेषगरी युवाहरूमा लागुऔषध दुव्र्यसन, मानसिक असन्तुलन, तथा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छ।
प्रहरी अधीक्षक सिंहले नशाविरुद्धको अभियानलाई अझ सशक्त र प्रभावकारी बनाइने स्पष्ट पार्दै सीमा क्षेत्रमा निगरानी कडा पारिएको जानकारी दिए। “यस्ता गैरकानुनी गतिविधिमा संलग्न जो–कोहीलाई कानुनअनुसार कडा कारबाही गरिनेछ,” उनले चेतावनी दिए।

भारत–नेपाल खुला सीमाका कारण यस क्षेत्र लामो समयदेखि लागुऔषध ओसारपसारको जोखिममा रहँदै आएको छ। पछिल्लो समय प्रहरीले निगरानी बढाएसँगै यस्ता अवैध गतिविधिमा संलग्न गिरोहहरू दबाबमा पर्न थालेका छन्।

यस कारबाहीपछि स्थानीयवासीमा सुरक्षा महसुस बढेको छ। उनीहरूले नशाविरुद्ध प्रहरीको सक्रियतालाई सकारात्मक कदमका रूपमा लिँदै आगामी दिनमा यस्ता अभियानलाई अझ निरन्तरता दिनुपर्ने माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...