रक्सौलमा लायन बालकृष्ण बुर्लाकोटीलाई भब्य स्वागत तथा सम्मान

Date:

पर्सा पोस्ट, चैत १५ गते, वीरगञ्ज ।
लायन्स क्लब इन्टरनेशनलका पूर्व निर्देशक लायन बालकृष्ण बुर्लाकोटीलाई भारतको रक्सौलमा भव्य स्वागत तथा सम्मान गरिएको छ। लायन्स क्लब इन्टरनेशनल जिल्ला ३२२E को ४५ औं वार्षिक अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन पुगेका बुर्लाकोटीलाई भारत–नेपालबीचको मित्रता र सामाजिक सहकार्य सुदृढ बनाउन प्रेरणादायी भूमिका खेलेको भन्दै विशेष सम्मान गरिएको हो।

क्षेत्रीय अध्यक्ष तथा सम्मेलन आयोजक समितिका सदस्य लायन शम्भु प्रसाद चौरसिया र क्लब उपाध्यक्ष लायन प्रियंका सोनीको नेतृत्वमा सम्पन्न कार्यक्रममा विभिन्न लायन्स क्लबका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा लायन पवन किशोर कुशवाहा, लायन संजय गुप्ता, लायन गणेश धनोठिया, लायन सुशीला धनोठिया, लायन नुतन चौरसिया, लायन ममता गुप्ता, लायन पंकज वर्णवाल, लायन रमेश गुप्ता, लायन साइमन रेक्स, लायन हेमन्त अग्रवाल र लायन राजन कुमारलगायतका सदस्यहरूको सहभागिता रहेको थियो।

रक्सौलस्थित एसआरपी मेमोरियल अस्पतालको प्राङ्गणमा आयोजित कार्यक्रममा निर्देशक संजय गुप्ता र डा. सुजीत कुमारको विशेष उपस्थिति रहेको थियो। सो अवसरमा बुर्लाकोटीलाई परम्परागत पोशाक, फूलको गुच्छा तथा स्मृति चिन्ह प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रमको संयोजन क्लबका पूर्व अध्यक्ष प्राध्यापक डा. रजनीश कुमार गुप्ताले गरेका थिए।

यसअघि बुर्लाकोटीलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको थियो। त्यसपछि प्रोटोकल पदाधिकारी तथा जोन अध्यक्ष लायन शम्भु प्रसाद चौरसिया र लायन राजन कुमारको नेतृत्वमा उनलाई रक्सौलसम्म स्वागतसहित ल्याइएको थियो।
समारोहलाई सम्बोधन गर्दै बुर्लाकोटीले रक्सौलवासीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै लायन्स क्लब अफ रक्सौलद्वारा सञ्चालन गरिएका रक्तदान, भोक निवारणलगायतका सामाजिक परियोजनाको उच्च प्रशंसा गरे। उनले यस्ता मानवीय सेवामूलक कार्यहरूलाई अझ प्रभावकारी बनाउन भविष्यमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा डा. सुजीत कुमार र लायन संजय गुप्ताले लायनवादले विश्वभर सामाजिक एकता, सहयोग र मित्रता विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यस्ता अन्तर्राष्ट्रिय सञ्जालले दुई देशबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया इन्चार्ज लायन विमल सर्राफका अनुसार कार्यक्रम अत्यन्त सफल र प्रभावकारी रूपमा सम्पन्न भएको हो। स्वागत तथा सम्मान कार्यक्रमपछि सहभागीहरूले सामूहिक रूपमा स्वादिष्ट भोजनको आनन्द लिँदै आपसी सद्भाव र सहकार्यलाई अझ मजबुत बनाएका थिए।

कार्यक्रमको अन्त्यमा बुर्लाकोटीले रक्सौलमा पाएको आत्मीय आतिथ्यप्रति धन्यवाद ज्ञापन गर्दै निकट भविष्यमा पुनः भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...