श्रीमती माथि दाउ प्रहार : पर्सागढीमा क्रूर घरेलुु हिंसा , आरोपि पक्राउ

Date:

पर्सा पोस्ट, चैत १५ गते, वीरगञ्ज ।
पर्सा जिल्लाको पर्सागढी नगरपालिका–३, विरुवा टोलमा एक अत्यन्तै जघन्य घरेलु हिंसाको घटना सार्वजनिक भएको छ। स्थानीय ३० वर्षीय विश्वनाथ सहनीले आफ्नै २५ वर्षीया श्रीमती हरिकला देवी सहनीमाथि घरायसी विवादका क्रममा योजनाबद्ध रूपमा दाउ प्रहार गरी गम्भीर घाइते बनाएका हुन्।
प्राप्त जानकारी अनुसार सहनीले धारिलो हतियार प्रयोग गरी श्रीमतीको बायाँ खुट्टा नै काटिदिएका थिए। घटनापछि उनी श्रीमतीलाई रगताम्मे अवस्थामा छाडेर फरार भएका थिए। घटनाले स्थानीय क्षेत्रमा त्रास र आक्रोश सिर्जना गरेको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई अनुसन्धान सुरु गरिएको थियो। फरार रहेका आरोपी सहनीलाई प्रहरीले केही समयमै पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
गम्भीर घाइते भएकी हरिकला देवी सहनीको उपचार भइरहेको छ भने उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ। आर्थिक रूपमा कमजोर परिवार भएकाले उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले सहयोगका प्रयासहरू पनि अघि बढाइएको छ।

यसै क्रममा जिल्ला स्तरीय लैङ्गिक हिंसा सञ्जाल समिति कोषबाट पीडित परिवारलाई राहत स्वरूप रु. ५०,१०५ बराबरको चेक प्रदान गरिएको छ। उक्त राहत रकम जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकद्वारा पीडितका आमा–बुवालाई हस्तान्तरण गरिएको हो।

स्थानीयवासी तथा सरोकारवालाहरूले यस्तो अमानवीय घटनाको कडा निन्दा गर्दै दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले घरेलु हिंसा न्यूनीकरणका लागि व्यापक जनचेतना, समुदायस्तरीय निगरानी र प्रभावकारी कानुनी कार्यान्वयन आवश्यक रहेको बताएका छन्।

प्रहरीले पनि घरेलु हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अनुरूप यस्ता घटनामा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ। साथै, हिंसाका घटनाबारे ढिला नगरी प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...

सकारात्मक सोच र आत्मबोधले नै जीवन सफल बन्छ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ २६ गते , रक्सौल, पूर्वी...