ओली र लेखकको गिरफ्तारी विरुद्ध एमालेको कडा विरोध , तत्काल रिहाइको माग

Date:

पर्सा पोस्ट, चैत १४ गते, वीरगञ्ज ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्ला कमिटीले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीप्रति कडा आपत्ति जनाउँदै विरोध पत्र बुझाएको छ।

जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई सम्बोधन गर्दै बुझाइएको उक्त विरोध पत्रमा एमालेले चैत १४ गते सूर्योदय अगावै गरिएको गिरफ्तारीलाई “प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी” भन्दै तीव्र निन्दा र भर्त्सना गरेको छ। पार्टीले उक्त कदम लोकतान्त्रिक मूल्य–मान्यता र विधिको शासनको मर्म विपरीत रहेको ठहर गर्दै तत्काल रिहाइको माग गरेको जनाएको छ।

विरोध पत्रमा २०८२ भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि तत्कालीन सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको आयोगप्रति एमालेको सुरुदेखि नै असहमति रहेको उल्लेख गरिएको छ। उक्त आयोगको प्रतिवेदनलाई पूर्वाग्रही, प्रतिशोधपूर्ण तथा अनुसन्धानका न्यायिक सिद्धान्तविपरीत रहेको ठहर गर्दै एमालेले निष्पक्ष र विश्वसनीय छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।

एमाले पर्सा जिल्ला अध्यक्ष डा. विशम्भर कुमार शर्माद्वारा हस्ताक्षरित विरोध पत्रमा सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको कारबाही तत्काल फिर्ता लिनुपर्ने चेतावनीसमेत दिइएको छ।

यसैबीच, विरोध पत्र बुझाएपछि एमाले मधेस प्रदेश कमिटीको अगुवाइमा बिरगंजको घन्टाघरमा आयोजित कोणसभामा नेताहरूले सम्बोधन गरेका थिए। कार्यक्रममा एमाले मधेस प्रदेश उपाध्यक्ष विचारी प्रसाद यादव, जिल्ला अध्यक्ष डा. विशम्भर कुमार शर्मा तथा जिल्ला सचिव महेश दासले मन्तव्य राख्दै सरकारको कदमको कडा आलोचना गरेका थिए।

उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा गरिएको गिरफ्तारीले लोकतन्त्र कमजोर बनाउने दाबी गर्दै कानुनी राज्यको संरक्षणका लागि सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिएका थिए। साथै, नेताहरूले आन्दोलनका कार्यक्रम थप सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...

” रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार २०८३ ” बाट अशोक प्रधान सम्मानित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । देशको प्रवेशद्वार तथा...

रबि लामिछानेविरुद्धको संगठित अपराध अभियोग खारेज , सहकारी ठगी मुद्दा यथावत्

पर्सा पोस्ट , जेष्ठ २६ गते , वीरगञ्ज । पर्सा...

सकारात्मक सोच र आत्मबोधले नै जीवन सफल बन्छ : बिमल सरार्फ

पर्सा पोस्ट , जेष्ठ २६ गते , रक्सौल, पूर्वी...