रास्वपा पर्सा -३ का सान्सद रमाकान्त चौरसियालाई बधाईको ओईरो , जनमुखी नेतृत्वको अपेक्षा

Date:

पर्सा पोस्ट , चैत ०८ गते, वीरगञ्ज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ३ का नव निर्वाचित सांसद माननीय रमाकान्त चौरसियालाई विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ।

यसैक्रममा युवा नेता बरुण चौरसियाले पनि उनलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
युवा नेता बरुण चौरसियाले नेपाल चौरसिया सेवा समितिका अध्यक्ष तथा समाजसेवीको रूपमा स्थापित सांसद चौरसियाको नेतृत्वमा पर्सा क्षेत्र नं. ३ मा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे। उनले सांसद चौरसियाले आफ्नो जिम्मेवारी इमानदारी, पारदर्शिता र जनउत्तरदायित्वका साथ निर्वाह गर्ने अपेक्षा व्यक्त गर्दै जनताको आशा र भरोसालाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे।

उनका अनुसार सांसद चौरसियाबाट विशेषगरी शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा रोजगारी सिर्जनाका क्षेत्रमा ठोस पहल हुने अपेक्षा गरिएको छ। “जनताको मत र म्यान्डेटलाई सम्मान गर्दै निष्पक्ष ढंगले काम गर्नु आजको आवश्यकता हो,” उनले भने। बरुण चौरसियाले कुनै पनि किसिमको दबाब वा प्रभावमा नपरी स्वतन्त्र र दृढ निर्णयका साथ अगाडि बढ्न सांसदलाई सुझाव दिँदै दिगो विकास, सामाजिक न्याय र समावेशी विकासमा विशेष ध्यान दिनुपर्ने धारणा राखे।

यसैबीच, स्थानीय युवाहरू तथा सर्वसाधारणले पनि नयाँ नेतृत्वप्रति आशा व्यक्त गर्दै पर्सा क्षेत्र नं. ३ को समग्र विकास, पूर्वाधार विस्तार, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र रोजगारीका अवसरमा वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा सहभागीहरूले नयाँ नेतृत्वले क्षेत्रको समृद्धि, सुशासन र जनताको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...