कलवार कल्याण समितिको २६ औं वार्षिक साधारणसभा सम्पन्न ,उत्कृष्ट विद्यार्थी सम्मानित

Date:

पर्सा पोस्ट, चैत ०८ गते, वीरगञ्ज ।
कलवार कल्याण समिति, आदर्शनगर, वीरगञ्जको आयोजनामा २६औँ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम समितिका अध्यक्ष शम्भु प्रसाद कलवारको अध्यक्षता तथा प्रमुख अतिथि शिवजी प्रसाद कलवारको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रमको सुरुवात प्रमुख अतिथि तथा अन्य पदाधिकारीहरूले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए। कार्यक्रममा नवदिप एकेडेमीका विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गर्दै माहोललाई आकर्षक बनाएका थिए।
उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा कृष्ण कुमार गुप्ता, वृजकिशोर प्रसाद, विश्वामित्र प्रसाद कलवार, भोला प्रसाद कलवार, बिरेन्द्र कुमार तथा अमिरिलाल प्रसाद कलवार लगायतको उपस्थिति रहेको थियो। साथै समितिका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा पर्सा जिल्लाभित्र बसोबास गर्ने कलवार समुदायका विद्यार्थीहरूलाई लक्षित गर्दै शैक्षिक वर्ष २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने छात्र-छात्राहरूलाई छात्रवृत्ति, पुरस्कार तथा सम्मान प्रदान गरिएको समितिले जनाएको छ। S.E.E., कक्षा १२, स्नातक, स्नातकोत्तर (मास्टर्स) तथा पि.एच.डी. तहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

यसैगरी S.E.E. परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने एक जना विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गरिने व्यवस्था समेत गरिएको जानकारी दिइएको छ।

कार्यक्रमको सञ्चालन समितिका सचिव श्याम गुप्ताले गरेका थिए। समितिले शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...