रेडियो धनुषाको वार्षिकोत्सवमा माधुरी महतो उत्कृष्ट महिला पत्रकारबाट सम्मानित

Date:

पर्सा पोस्ट, चैत ०६ गते, वीरगञ्ज ।
रेडियो धनुषा ९९.७ मेगाहर्जले आफ्नो छैठौं वार्षिकोत्सवको अवसर पारेर मधेस प्रदेशकी सक्रिय पत्रकार माधुरी महतोलाई “उत्कृष्ट महिला पत्रकार” को रूपमा सम्मानित गरेको छ। शुक्रबार धनुषाधाम नगरपालिका–३ मा आयोजित विशेष समारोहमा नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्दै महतोलाई सम्मान गरिएको हो।

कार्यक्रममा पूर्वमन्त्री तथा सांसद मातृका प्रसाद यादव प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। त्यसैगरी मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष सुरेश यादव तथा ग्रेटर मधेस मिडिया प्रालि एवं रेडियो धनुषाका अध्यक्ष मुकेश कुमार ठाकुरले संयुक्त रूपमा महतोलाई सम्मान प्रदान गरेका थिए।

रेडियो धनुषाका अध्यक्ष ठाकुरले पत्रकार महतोले लामो समयदेखि रेडियो तथा सञ्चार माध्यममार्फत आवाजविहीन समुदायका मुद्दाहरूलाई उठान गर्दै नीति निर्माण तहसम्म पुर्‍याउन खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको बताए। उनले महतोको योगदानले पत्रकारितामा महिला सहभागिता र सशक्तिकरणलाई थप प्रेरणा दिएको पनि उल्लेख गरे।

वीरगञ्जलाई कर्मथलो बनाएर विगत १८ वर्षदेखि पत्रकारितामा सक्रिय महतो हाल ‘मधेस खबर’ अनलाइन पत्रिकाकी सम्पादक हुनुका साथै BBC Nepali Service मा समेत आवद्ध छिन्। रेडियो पत्रकारितामा करिब डेढ दशकको अनुभव बटुलेकी उनले विभिन्न राष्ट्रिय तथा क्षेत्रीय पुरस्कारहरू समेत प्राप्त गरिसकेकी छन्।

यसै अवसरमा धनुषाका पत्रकार विजय साह (गोरखापत्र दैनिक), सिरहाका मनिलाल बिक (नयाँ पत्रिका) तथा रेडियो मिथिलामा कार्यरत मनिष मैथिललाई समेत पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।

कार्यक्रममा विभिन्न सञ्चारकर्मी, स्थानीय प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। रेडियो धनुषाले आगामी दिनमा पनि गुणस्तरीय सूचना प्रवाह र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...