मारवाडी प्रिमियर लिग -३ : आठौं दिनमा रोमाञ्चक खेल, गौरीशंकर हिटर्सको शानदार जित

Date:

पर्सा पोस्ट, चैत ०६ गते, वीरगञ्ज ।
मारवाडी युवा मञ्च तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालित “मारवाडी प्रिमियर लिग–३” अन्तर्गत आठौँ दिनका खेलहरू वीरगञ्जस्थित आदर्शनगर रंगशालामा उत्साहपूर्ण रूपमा सम्पन्न भएका छन्।

स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको उक्त प्रतियोगिता फागुन २९ गतेदेखि सुरु भई चैत १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ भने कुल २३ खेल खेलाइने कार्यक्रम रहेको छ। विजेताले ४ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने संयोजक केशव खेतानले जानकारी दिएका छन्।

आठौँ दिनको पहिलो खेल धौलागिरी बौधिमाई र गौरीशंकर हिटर्सबीच निकै प्रतिस्पर्धात्मक रह्यो। पहिले ब्याटिङ गरेको धौलागिरी बौधिमाईले १५ ओभरमा ९ विकेट गुमाउँदै १३३ रनको सम्मानजनक योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको गौरीशंकर हिटर्सले १४.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै ४ विकेटले रोमाञ्चक जित हात पार्यो। खेलभर दर्शकहरू उत्साहित देखिएका थिए।

यसैगरी दोस्रो खेल मकालु महाकाल राइजर्स र मनास्लु रेडर्सबीच सम्पन्न भयो। मकालु महाकाल राइजर्सले निर्धारित ओभरमा ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर खेलका क्रममा अचानक आएको हावाहुरी तथा वर्षाका कारण खेल अवरुद्ध भएपछि डिएलएस (DLS) नियमअनुसार नतिजा निर्धारण गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिता अन्तर्गत आगामी दिनहरूमा अझै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलहरू हुने अपेक्षा गरिएको छ। क्रिकेटप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको यस प्रतियोगिताले वीरगञ्जमा खेलकुद गतिविधिलाई थप चलायमान बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...