तोडफोडपछि पुनः सौन्दर्यकरण : छपकैयास्थित गिरिजा पार्कमा नया लाईट जडान , भब्य रुपमा उद्घाटन

Date:

पर्सा पोस्ट, चैत ०३ गते, वीरगञ्ज।
वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैया स्थित इदगाह चौकमा रहेको गिरिजा पार्कको पुनः सौन्दर्यकरण गरिएको छ। वडा नं. २ को वडा कार्यालयको पहलमा पार्क क्षेत्रमा आकर्षक लाइट जडान गरी यसको सौन्दर्य थप बढाइएको हो।

उक्त लाइट जडान कार्यको उद्घाटन वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले एक कार्यक्रमका बीच गरेका छन्। कार्यक्रममा वडा अध्यक्ष महम्मद रेयाज मियाँ तेली, वडा सदस्यहरू अब्दुल लतिफ अन्सारी, बसिर मियाँ हजाम लगायत स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

गिरिजा पार्कमा नेपाली राजनीतिका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको शालिक यसअघि नै स्थापना गरिएको थियो। तर, मधेस आन्दोलन र जेनजी आन्दोलनका क्रममा उक्त शालिक दुई पटक तोडफोड भएको थियो, जसले स्थानीय स्तरमा चिन्ता र असन्तुष्टि समेत पैदा गरेको थियो।

पछिल्लो समय पार्कको पुनः मर्मत तथा सौन्दर्यकरणसँगै जडान गरिएको आधुनिक लाइट व्यवस्थाले पार्कलाई अझ सुरक्षित, व्यवस्थित र आकर्षक बनाएको स्थानीयवासीले बताएका छन्। साँझपख पनि सहज रूपमा अवलोकन गर्न मिल्ने भएपछि यस क्षेत्रको गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

स्थानीय तहको सक्रियतामा गरिएको यस प्रकारको कार्यले सार्वजनिक स्थलको संरक्षण र विकासमा सकारात्मक सन्देश दिएको सरोकारवालाहरूको भनाइ छ। साथै, ऐतिहासिक तथा राजनीतिक महत्व बोकेको शालिकको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...