उपभोक्ता अधिकार संरक्षणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्छ :अन्तरक्रियामा जोड

Date:

पर्सा पोस्ट, चैत १ गते, वीरगञ्ज।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वीरगञ्जमा उपभोक्ता हित संरक्षण, बजार अनुगमन तथा गुणस्तरीय वस्तु–सेवा उपलब्धताबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने मूल नाराका साथ आइतबार उक्त कार्यक्रम सम्पन्न भएको हो।

उद्योग विभाग वीरगञ्ज, पर्साको आयोजनामा तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, पर्साको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने उद्योग विभागका महानिर्देशक सुशील कुमार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, उद्योग वाणिज्य संघ, सरोकारवाला निकाय तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सहभागीहरूले उपभोक्ताको अधिकार संरक्षण, बजारमा हुने अनियमितता नियन्त्रण तथा गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए।
वक्ताहरूले उपभोक्तालाई सुरक्षित, गुणस्तरीय तथा उचित मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउन राज्य, व्यवसायी र उपभोक्ता स्वयं सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले बजारमा हुने कालोबजारी, कृत्रिम अभाव, म्याद नाघेका तथा गुणस्तरहीन वस्तुको बिक्री वितरण रोक्न नियमित र प्रभावकारी बजार अनुगमन आवश्यक रहेको बताएका थिए।

त्यसैगरी उपभोक्ताले पनि वस्तु खरिद गर्दा उत्पादन मिति, म्याद समाप्ति मिति, मूल्य सूची तथा गुणस्तरसम्बन्धी जानकारी जाँच गरेर मात्र सामान खरिद गर्नुपर्नेमा जोड दिइएको थियो। उपभोक्ता सचेत भए मात्र बजार प्रणाली पारदर्शी र व्यवस्थित बन्ने वक्ताहरूको भनाइ थियो।

कार्यक्रममा उपभोक्ता अधिकारसम्बन्धी कानुनी व्यवस्था, बजार अनुगमनको अवस्था, उपभोक्ताले पाउने सेवा–सुविधा तथा गुनासो व्यवस्थापन प्रणालीबारे पनि जानकारी गराइएको थियो। साथै उपभोक्ताको हित संरक्षणका लागि सरोकारवाला निकायबीच समन्वय र सहकार्य अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याइएको थियो।

हरेक वर्ष मार्च १५ का दिन विश्वभर मनाइने विश्व उपभोक्ता अधिकार दिवस उपभोक्ताको अधिकार, सुरक्षा तथा हित संरक्षणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइँदै आएको छ। यस दिवसको अवसरमा विभिन्न कार्यक्रममार्फत उपभोक्ता सचेतना अभिवृद्धि गर्न तथा बजारलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन पहल गरिने गरिन्छ।

कार्यक्रम सन्चालन बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंज पर्साका निमित्त कार्यालय प्रमुख सुनिल चौरसियाले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...