पर्साका चारै क्षेत्रमा रास्वपाको ऎतिहासिक जितपछि सभापति हरि पन्तद्वारा धन्यवाद सन्देश , ‘ परिवर्तनको लहरलाई संस्थागत गर्नेछौं ‘

Date:

पर्सा पोस्ट, फागुन २६ गते, वीरगञ्ज।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला सभापति तथा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हरि पन्तले जिल्लाका चारै क्षेत्रमा पार्टीका उम्मेदवारहरू विजयी भएपछि धन्यवाद तथा शुभकामना सन्देश जारी गरेका छन्। उनले मतदाता, शुभेच्छुक, पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूप्रति हार्दिक आभार व्यक्त गरेका हुन्।

पन्तले पर्सा जिल्लाका सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी हुनु परिवर्तनको संकेत भएको उल्लेख गर्दै यसलाई जनताको विश्वास र आशाको जितको रूपमा व्याख्या गरेका छन्। उनले देशमा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासन अन्त्य गरी सुशासन स्थापना गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

जारी सन्देशमा पन्तले भनेका छन्,
“पर्सा निर्वाचन क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य पदमा मलाई निर्वाचित गराउनुका साथै जिल्लाका चारै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूलाई विजय गराउनु हुने सम्पूर्ण जिल्लावासी, मतदाता, शुभेच्छुक, पार्टीका नेता–कार्यकर्ता, साथीभाइ तथा परिवारका सदस्यहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु।”

उनले मतदाताहरूको साथ, सहयोग र मार्गदर्शनकै कारण देशभर परिवर्तनको लहर आएको दाबी गरेका छन्। “तपाईंहरूको साथ, सहयोग र मार्गदर्शनले आज हामीले देशैभरि परिवर्तनको लहर ल्याउन सफल भएका छौँ,” उनले सन्देशमा उल्लेख गरेका छन्।

पन्तका अनुसार आगामी दिनहरूमा आफू सहित पर्साका चारै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले जनताको विश्वासलाई कायम राख्दै परिवर्तनलाई संस्थागत गर्ने जिम्मेवारी निर्वाह गर्नेछन्। उनले विधिको शासन स्थापना गर्दै भ्रष्टाचार र कुशासन अन्त्य गर्ने दिशामा काम गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

पन्तले देशलाई समृद्धि र प्रगतिको मार्गतर्फ अगाडि बढाउन सबैको निरन्तर साथ, सुझाव, सल्लाह र आशीर्वाद आवश्यक रहने बताएका छन्। “देशलाई सकारात्मक दिशातर्फ अगाडि बढाउने हाम्रो यात्रामा तपाईंहरूको निरन्तर सुझाव, सल्लाह, माया र आशीर्वादको आवश्यकता रहनेछ,” उनले बताएका छन्।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू विजयी भएका छन्। पर्सा–१ बाट हरि पन्त, पर्सा–२ बाट सुशील कुमार कानु, पर्सा–३ बाट रमाकान्त चौरसिया र पर्सा–४ बाट टेक बहादुर शाक्य उल्लेखनीय मतान्तरका साथ निर्वाचित भएका हुन्।

समानुपातिकतर्फ पनि पर्सा जिल्लामा रास्वपा पहिलो पार्टी बन्न सफल भएको छ। जिल्लामा पार्टीले हासिल गरेको यो सफलता राजनीतिक रूपमा महत्वपूर्ण उपलब्धि मानिएको छ। राजनीतिक विश्लेषकहरूले पर्सामा रास्वपाको यस सफलतालाई नयाँ राजनीतिक शक्ति र परिवर्तनको संकेतका रूपमा व्याख्या गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...