परवानीपुरमा अनिल रुङ्ग्टाको घरदैलो , रोजगारी र पुर्वधार विकास मुख्य एजेन्डा

Date:

पर्सा पोस्ट , फागुन ०९ गते , बिरगंज । वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुङ्गटाले घरदैलो अभियान अन्तर्गत स्थानीय मतदाताहरूसँग आत्मीय भेटघाट तथा प्रत्यक्ष संवाद गर्नुभएको छ।

घरदैलो कार्यक्रममा टोल–टोलका नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। स्थानीय बासिन्दाले रोजगारी अभाव, गुणस्तरीय शिक्षा, कमजोर सडक पूर्वाधार, खानेपानी व्यवस्थापन तथा महिला सहभागिता अभिवृद्धिका विषयमा आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए। धेरैले युवाहरू विदेशिनु बाध्यता बनेको गुनासो राख्दै स्थानीय स्तरमै रोजगारी सिर्जनाको माग गरेका थिए।

उम्मेदवार रुङ्गटाले पर्सा–१ को समृद्धि र सुरक्षित भविष्य निर्माणका लागि रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेर ठोस योजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले युवालाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगारमा जोड्ने, साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने र महिला नेतृत्व विकासलाई संस्थागत रूपमा अघि बढाउने योजना रहेको बताउनुभयो।
त्यसैगरी परवानीपुर क्षेत्रको सडक स्तरोन्नति, नाला तथा ढल व्यवस्थापन, सुरक्षित खानेपानी र बाढी नियन्त्रणका दीर्घकालीन योजना कार्यान्वयनमा पहल गर्ने उहाँको भनाइ थियो। स्थानीय उद्योग–व्यवसायलाई सहज वातावरण सिर्जना गरी आर्थिक गतिविधि चलायमान बनाउनेतर्फ आफू विशेष सक्रिय रहने पनि उहाँले उल्लेख गर्नुभयो।

घरदैलोका क्रममा स्थानीय बासिन्दाले फूलमाला तथा शुभकामनासहित उम्मेदवार रुङ्गटालाई स्वागत गरेका थिए। कार्यक्रममा सहभागी मतदातासमक्ष आगामी निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा मतदान गरी विकास, स्थायित्व र समृद्धिको पक्षमा उभिन आग्रह गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...