बिर्ताबजारमा काङ्ग्रेसको प्रचार केन्द्र उद्घाटन , उमेदवार अनिल रुङ्गटा घरदैलोमा- वडावासीको अपार माया र जितको अग्रिम सुभकामना

Date:

पर्सा पोस्ट, फागुन ०८ गते , बिरगंज ।
बिरगंज महानगरपालिका –४ अन्तर्गत बिर्ताबजारमा नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं. १, वडा नं. ४ इकाइको प्रचार–प्रसार केन्द्रको समुद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सो अवसरमा प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङटाले व्यापक घरदैलो कार्यक्रमसमेत सञ्चालन गर्नुभएको थियो।

चुनावी माहोल तातिँदै गएको सन्दर्भमा बिहीबार साँझ आयोजित कार्यक्रममा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। वडावासीहरूले फुलमाला र टीका लगाउँदै उम्मेदवार रुङटालाई स्वागत गरेका थिए भने धेरैले अग्रिम जितको शुभकामना व्यक्त गर्दै “विजयी भव” को आशीर्वाद दिएका थिए। स्थानीय ज्येष्ठ नागरिक, महिलाहरू र युवायुवतीहरूले उम्मेदवारप्रति अपार माया र समर्थन प्रकट गरेका थिए।

घरदैलो कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता–कार्यकर्ताहरू, भ्रातृ संघ–संगठनका पदाधिकारी तथा सदस्यहरूका साथै टोलवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उम्मेदवार रुङटाले वडावासीहरूबाट प्राप्त आत्मीय स्वागत र मायाप्रति आभार व्यक्त गर्दै आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न आग्रह गर्नुभयो।

उहाँले समान सहभागिता, समावेशी विकास र अवसरको सुनिश्चितता आफ्नो प्रमुख प्राथमिकता रहने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा युवाहरूका लागि लक्षित विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै वडा नं. ४ सहित क्षेत्र नं. १ का मतदाताले आफूलाई अत्यधिक मतले विजयी गराउनेमा विश्वास व्यक्त गर्दै जनताको साथ, समर्थन र सुझावलाई सम्मानपूर्वक ग्रहण गर्ने बताउनुभयो।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले “यसपटक परिवर्तन र विकासका लागि रुङटालाई जिताउनुपर्छ” भन्ने धारणा राख्दै उनलाई अग्रिम विजयको शुभकामना दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...