रास्वपाको पार्टी प्रवेश कार्यक्रम दिनानुदिन बढदै , घन्टीप्रती जनताको बिश्वास र समर्थन मजबुत

Date:

पर्सा पोस्ट, फागुन ०८ गते, वीरगञ्ज।
पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत सुखचैनामा आज आयोजित एक विशेष कार्यक्रममार्फत ठूलो समूह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको छ। विभिन्न पेशा तथा व्यवसायमा आबद्ध व्यक्तिहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न उक्त कार्यक्रमले क्षेत्रीय राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।
कार्यक्रममा नवप्रवेशीहरूलाई स्वागत गर्दै रास्वपा पर्सा सभापति तथा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले सुखचैनाबाट भएको यो सामूहिक प्रवेशले पार्टीलाई थप ऊर्जा र बल प्रदान गरेको बताए। उनले भने, “जनताको आशा र भरोसाको प्रतीक घण्टी चिन्हप्रति दिनप्रतिदिन आकर्षण बढ्दो छ। सुखचैनाको आजको सहभागिताले क्षेत्र नं. १ मा हाम्रो जित सुनिश्चित भएको स्पष्ट संकेत दिएको छ।”

पन्तले परम्परागत राजनीतिक संस्कारबाट दिक्क भएका जनता अब वैकल्पिक शक्तिको खोजीमा रहेको उल्लेख गर्दै रास्वपा पारदर्शिता, सुशासन र जवाफदेहिताको एजेन्डासहित अघि बढिरहेको बताए। उनले आगामी निर्वाचनमा जनताको मतले परिवर्तनको मार्ग प्रशस्त गर्ने दाबी गरे।

कार्यक्रममा बोल्दै नवप्रवेशीहरूले देशमा देखिएको राजनीतिक अस्थिरता, बेरोजगारी, भ्रष्टाचार र विकासको असमान वितरणजस्ता समस्याबाट मुक्ति पाउन नयाँ सोच र इमानदार नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे। उनीहरूले रास्वपाको नीतिप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा सक्रिय रूपमा प्रचार–प्रसारमा जुट्ने प्रतिबद्धता जनाए।

स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा नाराबाजी र उत्साहपूर्ण वातावरण देखिएको थियो। पछिल्लो समय पर्सा–१ मा रास्वपाको घरदैलो, संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम तीव्र बन्दै गएको छ। दिनानुदिन बढ्दो जनसमर्थनले आगामी निर्वाचनमा घण्टी चिन्हप्रति जनलहर सिर्जना भएको विश्लेषण गर्न थालिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार सुखचैनामा भएको सामूहिक प्रवेशले क्षेत्र नं. १ को चुनावी समीकरणमा प्रभाव पार्ने संकेत देखिएको छ। रास्वपाले चुनावी अभियानलाई अझ सशक्त बनाउँदै संगठनलाई वडा–टोल स्तरसम्म विस्तार गर्ने रणनीति अघि सारेको जनाएको छ।

यसरी दिनानुदिन बढ्दो पार्टी प्रवेश र जनसमर्थनले पर्सामा हुने प्रतिनिधिसभा निर्वाचनमा हरि पन्तको पक्षमा परिणाम आउने विश्वास रास्वपा नेताहरूले व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...