मन्त्री कुशवाहा सरार्फको पक्षमा मैदानमा, पर्सा -१ मा चुनावी सरगर्मी तीव्र

Date:

पर्सा पोस्ट, फागुन ०७ गते, वीरगञ्ज।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नं. १ मा चुनावी गतिविधि दिनप्रतिदिन तीव्र बन्दै गएको छ। विभिन्न राजनीतिक दलका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर समर्थन मागिरहेका बेला जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सर्राफको पक्षमा मधेश प्रदेश सरकारका मन्त्री दशरथ कुशवाहा स्वयं चुनावी मैदानमा सक्रिय देखिएका छन्।

निर्वाचन प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन मन्त्री कुशवाहा सर्राफको समर्थनमा विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग भेटघाट गर्दै उनलाई अत्यधिक मतका साथ विजयी गराउन अपिल गरिरहेका छन्। उनले जनमत पार्टीको एजेण्डा मधेशको अधिकार, सुशासन र समृद्धिसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै पर्सा–१ मा नयाँ नेतृत्वको आवश्यकता औंल्याए।

युवा उम्मेदवार सर्राफ स्पष्ट राजनीतिक एजेण्डा र योजनासहित मतदातामाझ पुगेका छन्। उनले रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, साना तथा घरेलु उद्योग प्रवर्द्धन, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेका छन्। साथै सीमावर्ती क्षेत्रको व्यापार व्यवस्थापन, सडक तथा खानेपानी जस्ता आधारभूत पूर्वाधार विकासलाई पनि आफ्नो मुख्य प्रतिबद्धतामा समेटेका छन्।
स्थानीय स्रोतहरूका अनुसार विशेषगरी युवापुस्तामाझ सर्राफप्रतिको आकर्षण बढ्दै गएको छ। घरदैलो अभियान, युवासभा, टोलभेला तथा रात्रीसभामार्फत उनले चुनावी माहोल आफ्नो पक्षमा पार्न सक्रियता बढाएका छन्। पार्टी कार्यकर्ताहरूले पर्सा–१ मा जनमत पार्टीप्रति समर्थन बढ्दो रहेको दाबी गरेका छन् भने स्थानीय बुद्धिजीवीहरूले प्रतिस्पर्धा थप रोचक बन्दै गएको आकलन गरेका छन्।

यसैक्रममा जनमत पार्टीको आयोजनामा वीरगञ्ज महानगरपालिका–४, विर्तामा सम्पन्न घरदैलो कार्यक्रम उत्साहपूर्ण भएको जनाइएको छ। कार्यक्रममा उम्मेदवार सर्राफले मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या, रोजगारी अभाव, शिक्षा तथा स्वास्थ्य सेवाको पहुँचजस्ता विषयमा गुनासा सुनेका थिए। उनले नागरिकका सुझाव र अपेक्षालाई आफ्नो कार्ययोजनाको केन्द्रमा राख्ने प्रतिबद्धता व्यक्त गरे।

घरदैलो अभियानका क्रममा मन्त्री कुशवाहासहित पार्टीका स्थानीय नेताहरूले संघीय संसद्मा सशक्त आवाज उठाउन सक्षम, युवा र ऊर्जावान नेतृत्व आवश्यक रहेको दोहोर्‍याउँदै पर्सा–१ को विकास, पारदर्शिता र स्थायित्वका लागि सर्राफ उपयुक्त उम्मेदवार भएको दाबी गरेका छन्।

निर्वाचन नजिकिँदै जाँदा पर्सा–१ मा चुनावी सरगर्मी अझ चुलिँदै गएको छ। राजनीतिक दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै जाँदा मतदाता पनि आफ्ना मुद्दा र अपेक्षा स्पष्ट रूपमा उठाउन थालेका छन्। यस्तो अवस्थामा सर्राफको एजेण्डा, मन्त्रीस्तरको समर्थन र सक्रिय चुनावी अभियानले पर्सा–१ को चुनावी समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...