रास्वपा उमेदवार हरि पन्तले छ्पकैया-२ मा पार्टी कार्यालय उद्घाटन गरे, युवाको उत्साहपूर्ण स्वागतले पन्त उत्साहित

Date:

पर्सा पोस्ट , फागुन ०६ गते , बिरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैया क्षेत्रमा पार्टी सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा स्थानीय बासिन्दा, समर्थक तथा विशेषगरी युवाहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रम उत्साहपूर्ण बनेको थियो।
कार्यक्रमस्थल नाराबाजी, तालि र उत्साहले भरिएको देखिन्थ्यो। युवाहरूले “परिवर्तन चाहियो” लगायतका नारासहित पन्तको स्वागत गरेका थिए। समर्थकहरूको बाक्लो उपस्थितिले छपकैया क्षेत्रमा नयाँ राजनीतिक माहोल सिर्जना भएको अनुभूति भएको सहभागीहरूले बताएका छन्।

उद्घाटनपछि बोल्दै उम्मेदवार पन्तले आफूले पाएको आत्मीय स्वागतले थप उर्जा र जिम्मेवारीबोध गराएको बताए। युवाहरूको सक्रिय सहभागिताले परिवर्तनको चाहना स्पष्ट देखिएको उल्लेख गर्दै उनले पारदर्शिता, जवाफदेहिता र युवाको नेतृत्व स्थापित गर्ने प्रतिबद्धता दोहोर्‍याए।

उनले छपकैया सहित समग्र क्षेत्रको विकासका लागि नयाँ सोच, इमान्दार नेतृत्व र जनतासँग प्रत्यक्ष समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे। “जनताको विश्वासलाई परिणाममा बदल्नु नै मेरो पहिलो लक्ष्य हो,” उनले भने।

उद्घाटन कार्यक्रममा देखिएको युवा लहरले आगामी निर्वाचनमा प्रतिस्पर्धा अझ रोचक र गतिशील बन्ने संकेत गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। स्थानीयवासीहरूले पनि अब विकास, सुशासन र रोजगारीका मुद्दा केन्द्रमा आउने अपेक्षा व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...