रास्वपा उमेदवार हरि पन्तले छ्पकैया-२ मा पार्टी कार्यालय उद्घाटन गरे, युवाको उत्साहपूर्ण स्वागतले पन्त उत्साहित

Date:

पर्सा पोस्ट , फागुन ०६ गते , बिरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैया क्षेत्रमा पार्टी सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा स्थानीय बासिन्दा, समर्थक तथा विशेषगरी युवाहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रम उत्साहपूर्ण बनेको थियो।
कार्यक्रमस्थल नाराबाजी, तालि र उत्साहले भरिएको देखिन्थ्यो। युवाहरूले “परिवर्तन चाहियो” लगायतका नारासहित पन्तको स्वागत गरेका थिए। समर्थकहरूको बाक्लो उपस्थितिले छपकैया क्षेत्रमा नयाँ राजनीतिक माहोल सिर्जना भएको अनुभूति भएको सहभागीहरूले बताएका छन्।

उद्घाटनपछि बोल्दै उम्मेदवार पन्तले आफूले पाएको आत्मीय स्वागतले थप उर्जा र जिम्मेवारीबोध गराएको बताए। युवाहरूको सक्रिय सहभागिताले परिवर्तनको चाहना स्पष्ट देखिएको उल्लेख गर्दै उनले पारदर्शिता, जवाफदेहिता र युवाको नेतृत्व स्थापित गर्ने प्रतिबद्धता दोहोर्‍याए।

उनले छपकैया सहित समग्र क्षेत्रको विकासका लागि नयाँ सोच, इमान्दार नेतृत्व र जनतासँग प्रत्यक्ष समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे। “जनताको विश्वासलाई परिणाममा बदल्नु नै मेरो पहिलो लक्ष्य हो,” उनले भने।

उद्घाटन कार्यक्रममा देखिएको युवा लहरले आगामी निर्वाचनमा प्रतिस्पर्धा अझ रोचक र गतिशील बन्ने संकेत गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। स्थानीयवासीहरूले पनि अब विकास, सुशासन र रोजगारीका मुद्दा केन्द्रमा आउने अपेक्षा व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...