नेपाली काङ्ग्रेस केन्द्रिय प्रचार – प्रसार समितिमा ज्योतिष सम्राट डा. पुरुषाेत्तम दुबे मनोनित

Date:

पर्सा पोस्ट, फागुन ०३ गते, वीरगञ्ज।
नेपाली कांग्रेसले बृहस्पति फाउन्डेसन नेपालका अध्यक्ष, प्रख्यात ज्योतिषाचार्य तथा समाजसेवी ज्योतिष सम्राट डा. पुरुषोतम दुबेलाई पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिको सदस्य पदमा मनोनयन गरेको छ।

ललितपुरस्थित बी.पी. स्मृति भवनबाट जारी गरिएको पत्रअनुसार आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवारलाई विजयी बनाउने, समानुपातिक मत वृद्धि गर्ने तथा प्रचार–प्रसार कार्यक्रमलाई प्रभावकारी, समन्वयात्मक र व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले डा. दुबेलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक एवं पार्टी प्रवक्ता देवराज चालिसेद्वारा हस्ताक्षरित मनोनयन पत्रमा कला, संस्कृति तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूलाई व्यापक रूपमा परिचालन गर्दै चुनावी प्रचारलाई परिणाममुखी बनाउने विश्वास व्यक्त गरिएको छ। पत्रमा डा. दुबेले आफ्नो अनुभव, संगठनात्मक क्षमता र सामाजिक पहुँचको पूर्ण उपयोग गर्दै पार्टीको प्रचार–अभियानलाई सुदृढ बनाउने अपेक्षा गरिएको उल्लेख छ।

डा. दुबे लामो समयदेखि सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। उनले विभिन्न सामाजिक सेवा कार्यक्रम, धार्मिक अनुष्ठान, जनचेतनामूलक गतिविधि तथा परोपकारी कार्यमार्फत राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान बनाएका छन्। बृहस्पति फाउन्डेसन नेपालमार्फत शिक्षा, स्वास्थ्य तथा मानवसेवासँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएका कारण समाजका विभिन्न वर्गसँग उनको प्रत्यक्ष सम्बन्ध रहेको मानिन्छ।

हालै उनको जन्मदिनसमेत विभिन्न सामाजिक तथा धार्मिक संस्थाहरूले शुभकामना कार्यक्रम आयोजना गरी मनाएका थिए। पार्टीभित्र नयाँ जिम्मेवारी पाएसँगै उनको राजनीतिक सक्रियता र प्रभाव अझ बढ्ने अपेक्षा गरिएको छ।

नेपाली कांग्रेसका स्थानीय नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले डा. दुबेलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...