पर्सा -१ मा जनमत पार्टीप्रति जेन्जि युवाहरूको आकर्षण बढदो, ‘ हरन छाप ‘ जिताउन कम्मर कसे

Date:

पर्सा पोस्ट, फागुन ०३ गते, वीरगञ्ज ।
पर्सा क्षेत्र नं. १ का विभिन्न वडाका करिब दुई दर्जन ‘जेन्जि’ पुस्ताका युवाहरू जनमत पार्टीमा प्रवेश गरेका छन्। उनीहरूले आगामी निर्वाचनमा पार्टीको चुनाव चिन्ह ‘हरन छाप’लाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

वीरगञ्ज महानगरपालिका–२० का शत्रुधन यादव र वडा नं. १३ का प्रन्जल ठाकुरको नेतृत्वमा युवाहरू स्वस्फूर्त रूपमा पार्टीमा प्रवेश गरेका हुन्। नवप्रवेशी युवाहरूलाई जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फ, नेतृ रम्भा मिश्र, नेता भुपेन्द्र साह, डा. मनोज कुमार, युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साह तथा महानगर युवा अध्यक्ष अजित सिंहलगायत नेताहरूले स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै उम्मेदवार सरार्फले नयाँ पुस्ताको राजनीतिक सहभागिता लोकतन्त्रको सुदृढीकरणका लागि महत्वपूर्ण रहेको बताए। उनले युवाहरूको उत्साह र सक्रियताले क्षेत्र नं. १ मा सकारात्मक राजनीतिक वातावरण बनेको उल्लेख गर्दै जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

नवप्रवेशी युवाहरूले पुराना राजनीतिक दलप्रति निराशा बढ्दै गएको र वैकल्पिक सोच तथा परिवर्तनको एजेन्डा बोकेको दलका रूपमा जनमत पार्टी रोजेको बताए। उनीहरूले विकास, रोजगारी र सुशासनका मुद्दालाई प्राथमिकतामा राखेर आफूहरू गाउँ–टोलसम्म पुगेर जनमत पार्टीको पक्षमा जनमत निर्माण गर्ने जनाएका छन्।

युवाहरूले एक स्वरमा भने, “अब हामी घरदैलो अभियान, जनसम्पर्क तथा सामाजिक सञ्जालमार्फत सक्रिय भएर लाग्नेछौँ। पर्सा क्षेत्र नं. १ मा ‘हरन छाप’लाई विजयी गराएरै छाड्ने हाम्रो प्रतिबद्धता छ।”

जनमत पार्टीका स्थानीय नेताहरूका अनुसार पछिल्ला दिनहरूमा विशेषगरी पहिलोपटक मतदान गर्न लागेका युवाहरू पार्टीप्रति आकर्षित हुँदै गएका छन्। उनीहरूले यसलाई परिवर्तनको संकेतका रूपमा लिँदै चुनावी अभियानलाई अझ तीव्र बनाउने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...