पढाइसँगै अतिरिक्त क्रियाकलापमा अग्रणी मुनलाईट स्कुलको ४५ औं वार्षिकोत्सव भब्य

Date:

पर्सा पोस्ट, फागुन ०२ गते, वीरगञ्ज ।
वीरगञ्जस्थित मुनलाइट स्कुलद्वारा आयोजित ४५औँ वार्षिकोत्सव कार्यक्रम भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एवं समाजसेवी प्रदीप चौरसियाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवातमा विद्यार्थीहरूले प्रमुख अतिथि चौरसियालाई युनिक तथा सिर्जनात्मक शैलीमा स्वागत गरेका थिए। सांस्कृतिक झाँकी, पुष्पगुच्छा तथा सम्मानपत्रमार्फत गरिएको स्वागतले समारोहलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रम विद्यालयका संस्थापक एवं प्रिन्सिपल श्याम केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। विशिष्ट अतिथिहरूमा प्याब्सनका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, प्याब्सन पर्सा जिल्ला अध्यक्ष सरोज चौधरी, वडा सदस्य मनोज साह, सन्जु दहाल, जिल्ला सचिव अशोक सङ्रौला, वीरगञ्ज अध्यक्ष राहुल श्रीवास्तव तथा नेपाल ईनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई लगायत सञ्चारकर्मी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा स–साना बालबालिकाहरूले विभिन्न सांस्कृतिक नृत्य, नाटक तथा आकर्षक प्रस्तुति दिएका थिए। विद्यार्थीहरूको प्रतिभाले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। साथै विभिन्न खेलकुद तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै पुरस्कार हासिल गरेका विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।

सो अवसरमा प्रमुख अतिथि चौरसियाले विद्यालयले शिक्षा र संस्कारको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षामार्फत समाज परिवर्तन सम्भव रहेको धारणा व्यक्त गर्नुभयो।

विद्यालय प्रशासनका अनुसार मुनलाइट स्कुलले पढाइसँगै अतिरिक्त क्रियाकलापलाई समान प्राथमिकता दिँदै आएको छ। सांस्कृतिक कार्यक्रम, वक्तृत्वकला तथा बुद्धिचाल (चेस) खेलको सुरुआत मोफसल क्षेत्रमा पहिलोपटक गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासमेत आयोजना गरेको विद्यालयले जनाएको छ। सोही क्रममा यस विद्यालयकी एक महिला विद्यार्थीले विदेशमा आयोजित प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरी विद्यालयको गौरव बढाएकी थिइन्।

त्यसैगरी प्याब्सनद्वारा आयोजित जुनियर महिला तथा पुरुष क्रिकेट र फुटबल प्रतियोगितामा समेत विद्यालयले पहिलो स्थान हासिल गर्दै आफ्नो पहिचान स्थापित गरेको छ। चित्रकला लगायत विभिन्न खेलकुद प्रतियोगितामा पनि विद्यालयका विद्यार्थीहरू अब्बल सावित हुँदै आएका छन्। विद्यालयमा हरेक वर्ष आयोजना हुने वार्षिक कार्यक्रमहरूले विद्यार्थीहरूको बहुआयामिक प्रतिभा झल्काउने गरेको अभिभावकहरूको भनाइ छ।

शैक्षिक उपलब्धितर्फ पनि विद्यालय अग्रस्थानमै रहेको जनाइएको छ। विद्यालयका अनुसार एसईई परीक्षामा हरेक वर्ष शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुँदै आएका छन्।
वीरगञ्जका पुराना तथा प्रतिष्ठित विद्यालयहरूमध्ये एक मानिने मुनलाइट स्कुलले चार दशकभन्दा बढी समयदेखि शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यस वर्षको ४५औँ वार्षिकोत्सव कार्यक्रम विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा सफलतापूर्वक सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...