बालेन रोड शोपछी पर्सामा रास्वपा प्रवेशको लहर , पाँच सयभन्दा बढी व्यक्ति पार्टीमा आबद्ध

Date:

पर्सा पोस्ट, फागुन ०२ गते, वीरगञ्ज।
पर्सामा टोल–टोलका स्थानीयहरूले स्वस्फूर्त रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिहरू खोज्दै पार्टी प्रवेश गर्न थालेका छन्। रास्वपाका वरिष्ठ नेता बालेन साहको वीरगञ्ज रोड–शोपछि यहाँ पार्टीप्रतिको आकर्षण उल्लेख्य रूपमा बढेको बताइएको छ। सोही प्रभावका कारण विभिन्न समुदाय र पेशामा आबद्ध स्थानीयहरू स्वेच्छिक रूपमा पार्टीमा आबद्ध हुने वातावरण बनेको हो।

यसैक्रममा पर्सा क्षेत्र नं. १ अन्तर्गत शुक्रबार राति परवानीपुर र शनिबार बिहान भिस्वामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा गरी ५०० भन्दा बढी पेशाकर्मी, अभियन्ता तथा समाजसेवीहरू रास्वपामा प्रवेश गरेका छन्।

परवानीपुरमा स्थानीय अभियन्ता प्रदीप साहको नेतृत्वमा आयोजित कार्यक्रममा तथा भिस्वामा कृष्ण श्रेष्ठ, सन्देश श्रेष्ठ र राजेश श्रेष्ठको नेतृत्वमा सम्पन्न कार्यक्रममा नवप्रवेशीहरूलाई रास्वपा पर्सा जिल्ला सभापति एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरि पन्तले पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पन्तले पुराना दलप्रति असन्तुष्टि व्यक्त गर्दै यसपटकको निर्वाचनमा मतदाताले विकल्प रोज्ने विश्वास व्यक्त गरे। उनले सुशासन, पारदर्शिता र युवा नेतृत्वलाई स्थापित गर्ने अभियानमा साथ दिन मतदातालाई आह्वान गरे।

यसैदिन पन्तले गहवामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम पनि सम्पन्न गरेका छन्। भेटघाटका क्रममा स्थानीयहरूले उनलाई टीका, माला तथा खादाले स्वागत गरेका थिए भने घरदैलो कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको थियो।

रास्वपाका स्थानीय नेताहरूका अनुसार दिनप्रतिदिन पार्टी प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको छ। उनीहरूले आगामी निर्वाचनमा नयाँ पुस्ताको नेतृत्व र सुशासनको अभियानलाई अघि बढाउन युवाहरू सक्रिय रूपमा अगाडि आउनुपर्नेमा जोड दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...