बालेन आएपछि बिरगंजमा ” घन्टी ” को क्रेज बढयो , ताजपुरमा हरि पन्तलाई चोक – चौतारीमै स्वागत

Date:

पर्सा पोस्ट, माघ २९ गते, वीरगञ्ज । ताजपुरका चोक–चौतारीहरूमा घण्टी चिन्ह बनाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तलाई स्थानीयवासीहरूले स्वागत गरेका छन्।

आज ताजपुरमा घरदैलो तथा मतदाता भेटघाटका लागि पुगेका पन्तलाई स्थानीयहरूले विभिन्न चोक–चौतारीहरूमा फरक–फरक रङ प्रयोग गरी घण्टी चिन्ह बनाएर स्वागत गरेका थिए। भेटघाटका क्रममा अधिकांश मतदाताहरूले अब मुलुकको परिवर्तन निश्चित रहेको र राष्ट्रिय स्वतन्त्र पार्टी तथा घण्टी चिन्ह नै परिवर्तनको संवाहक भएको भन्दै यसपालि घण्टी चिन्हमै मतदान गर्ने बताएका थिए।

स्थानीयहरूका अनुसार वीरगञ्जमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आएपछि यहाँ ‘घण्टी’प्रतिको आकर्षण झन् बढेको छ। कार्यक्रममा सहभागीहरूले “अबकी बार बालेन सरकार” भन्ने नारा समेत लगाएका थिए।

त्यस क्रममा उम्मेदवार पन्तले रास्वपाको जित नै समग्र देशको जित भएको उल्लेख गर्दै यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी र आफूलाई जिताउन सम्पूर्ण मतदातासमक्ष आग्रह गरे।

घरदैलो कार्यक्रममा स्थानीयहरूको उत्साहजनक उपस्थिति देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...