पर्सा -१ मा जनमत पार्टीको सक्रियता बढदै, मधेसी एजेन्डा केन्द्रमा राख्दै सरार्फको घरदैलो र रात्रिसभा

Date:

पर्सा पोस्ट , फागुन १ गते , वीरगंज ।
पर्सा क्षेत्र नं. १ मा जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सर्राफले चुनावी प्रचारप्रसारलाई तीव्र बनाउँदै घरदैलो अभियानलाई निरन्तरता दिएका छन्। वीरगंज महानगरपालिका वडा नं. १६ इनर्वामा आयोजित रात्रीसभा उल्लेख्य जनसहभागितासहित सम्पन्न भएको छ भने वडा नं. ५ मा पनि घरदैलो कार्यक्रम सम्पन्न भएको छ। स्थानीयको बाक्लो उपस्थितिले क्षेत्रमा चुनावी सरगर्मी बढेको देखिएको छ।

घरदैलोका क्रममा सर्राफले मतदातासँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, सडक-नाला तथा युवाको भविष्यसँग सम्बन्धित समस्याबारे जानकारी लिएका थिए। उनले यी विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै “जनताको आवाज संसदसम्म पुर्‍याउने” अठोट दोहोर्‍याए।

रात्रीसभालाई सम्बोधन गर्दै उनले मधेशका मुद्दा लामो समयदेखि ओझेलमा परेको उल्लेख गर्दै पहिचान, प्रतिनिधित्व, अधिकार र विकासका सवाललाई नीतिगत रूपमा उठाउने प्रतिबद्धता जनाए। “नाराभन्दा काम हेर्ने समय आएको छ,” भन्दै उनले पारदर्शिता, जवाफदेहिता र नयाँ कार्यशैलीमार्फत राजनीति गर्ने बताए। साथै विगतमा मधेशको नाममा राजनीति गर्दै व्यक्तिगत स्वार्थ साधिएको आरोप लगाउँदै मतदातालाई सचेत हुन आग्रह गरे।

कार्यक्रममा सहभागी युवाहरूले रोजगारी, सीपमूलक तालिम र उद्यमशीलताका अवसरको माग गरेका थिए भने महिलाहरूले शिक्षा, स्वास्थ्य सेवा र स्वरोजगार प्रवर्द्धनमा सहयोग अपेक्षा गरेका थिए। स्थानीय बुद्धिजीवीहरूले स्पष्ट एजेण्डा र प्रत्यक्ष संवाद शैलीका कारण सर्राफप्रति आकर्षण बढ्दै गएको प्रतिक्रिया दिएका छन्।

जनमत पार्टीले मतदाताको घरआँगनमै पुगेर संवाद गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ। इनर्वाबाट सुरु भएको सक्रियता अन्य वडाहरूमा पनि विस्तार गरिने बताइएको छ। रात्रीसभा तथा घरदैलो अभियानले पर्सा क्षेत्र नं. १ मा जनमत पार्टीको प्रभाव विस्तार हुँदै गएको र मधेसी एजेन्डालाई चुनावी बहसको केन्द्रमा ल्याएको देखिएको छ।
कार्यक्रममा बिध्यालाल प्रसाद, रम्भा मिस्रा, समानुपातिक उम्मेदवार बबिता पुडासैनी, भुपेन्द्र साह, सीए देवराज, डा. मनोज साह, सत्युग साह, सुनिल गुप्ता, दिनानाथ साह, मुकेश यादव, नरेश राम, तुल्सी राम, अलि अकबर मियाँ, सिकेश महतो, निराजन कुशवाहा लगायत सयौंको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...