पर्सा पोस्ट, माघ २४ गते, वीरगञ्ज ।
लायन्स क्लब अफ वीरगञ्ज परिवारको अगुवाइमा विभिन्न लायन्स क्लबहरूको संयुक्त आयोजनामा इन्टर कलेज वाद–विवाद प्रतियोगिताको फाइनल कार्यक्रम आज वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ।
लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब वीरगञ्ज सेन्ट्रल सिटी, लायन्स क्लब वीरगञ्ज मेट्रो सिटी, लायन्स क्लब वीरगञ्ज फ्रेन्डजोन, लायन्स क्लब वीरगञ्ज कुटुम्ब तथा लायन्स क्लब वीरगञ्ज एक्सिलेन्सको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो।
“सामाजिक सञ्जाल तथा AI को बढ्दो प्रयोग : सृजनशीलता कि दुरुपयोग?” विषयमा आयोजित प्रतियोगितामा वीरगञ्जका १२ वटा कलेजको सहभागिता रहेको थियो। तीव्र प्रतिस्पर्धाबीच पुरुषतर्फ वीरगञ्ज कलेजका सुरज मुखिया तथा महिलातर्फ हरिखेतान क्याम्पसकी आदिती महत विजेता घोषित भएका छन्।
पुरुषतर्फ हरिखेतान क्याम्पसका चन्द्रकान्त महत्तो थारु र महिलातर्फ ज्ञान्दा एकेडेमीकी स्नेहा सरार्फ उपविजेता बन्न सफल भएका छन्।
कार्यक्रमको अध्यक्षता प्रोग्राम चेयरपर्सन तथा लायन्स क्लब अफ वीरगञ्ज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा लायन्स डिस्ट्रीक्ट 325S नेपालका प्रथम भाइस डिस्ट्रीक्ट गभर्नर लायन राम बिहारी पाण्डे उपस्थित हुनुहुन्थ्यो।
विशिष्ट अतिथिहरूमा द्वितीय भाइस डिस्ट्रीक्ट गभर्नर लायन अन्किता सुमार्गी, पूर्व डिस्ट्रीक्ट गभर्नर लायन देवकीनन्दन अग्रवाल, डिस्ट्रीक्ट एक्जिक्युटिभ चिफ लायन गौरी चिमरिया, लायन बासु तिमलसिना, सरिदी श्रेष्ठ, रिकेश साह, डिस्ट्रीक्ट चिफ श्याम गुप्ता, लायन चन्द्रशेखर प्रसाद कुर्मी, एरिया चिफ लायन रामेश्वर प्रसाद गुप्ता, वीरगञ्ज पब्लिक कलेजका प्रोफेसर डा. बासु कर्ण, उद्योग वाणिज्य संघ प्रशासनका मनोज उपाध्याय, जेसिसका पूर्व अध्यक्ष तथा एसिया–प्यासिफिक कोअर्डिनेटर सरोज चौरसिया, कार्यक्रम संयोजक तथा रिजन चेयरपर्सन सन्दीप गुप्ता कानु, जोन चेयरपर्सन लायन दिगम्बर प्रसाद गुप्ता, परिवारका निवर्तमान अध्यक्ष भानुभक्त अधिकारी, लायन्स क्लब वीरगञ्ज सेन्ट्रल सिटीकी अध्यक्ष लायन सुशिला साह, मेट्रो सिटीका अध्यक्ष लायन उमेश गुप्ता तथा परिवारका उपाध्यक्ष लायन दिगम्बर थापालगायतको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार १२ वटा कलेजका शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रम आकर्षक र सफल बनेको छ। प्रतियोगिताले विद्यार्थीहरूको तार्किक सोच, अभिव्यक्ति क्षमता तथा सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ताजस्ता समसामयिक विषयप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गरिएको छ।