पर्सा क्षेत्र न. १ का सबै वडामा रास्वपाको घरदैलो , उमेदवार हरि पन्तलाई स्थानीयको ह्रदयदेखि स्वागत, जितको अग्रिम सुभकामना दिए

Date:

पर्सा पोस्ट, माघ २२ गते, वीरगञ्ज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तले क्षेत्रका विभिन्न वडामा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। सोही क्रममा आज वीरगञ्ज महानगरपालिका वडा नं. २३ अन्तर्गत पर्सौनी बिर्ताका मतदाताहरूसँग पन्तले प्रत्यक्ष भेटघाट गरेका छन्।
घरदैलो कार्यक्रमको सुरुवात स्थानीय हनुमान मन्दिरमा पूजा–अर्चना गरेर गरिएको थियो। त्यसपछि कार्यक्रम वडाभित्रका विभिन्न टोलहरूमा सञ्चालन गरिएको थियो।

घरदैलोका क्रममा उम्मेदवार पन्तले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नीति, उद्देश्य तथा सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिक प्रतिबद्धताबारे जानकारी गराएका थिए।

रास्वपा पर्सा क्षेत्र नं. १ अन्तर्गतका हरेक वडामा निरन्तर घरदैलो कार्यक्रम सञ्चालन भइरहेको छ। सो क्रममा स्थानीय जनताले उम्मेदवार हरि पन्तलाई हृदयदेखि स्वागत गर्दै आगामी निर्वाचनमा जितको अग्रिम शुभकामना समेत व्यक्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनहरूमा पनि जनस्तरसँग प्रत्यक्ष संवाद, सहभागितामूलक कार्यक्रम र घरदैलो अभियानलाई निरन्तरता दिने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...